Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

सुन कि खुन काण्ड

१८ सोमबार , भाद्र २०७५८ बर्ष अगाडि

३३ किलो सुन काण्डमा पक्राउ परेका विमल पोद्दारको बयानबाजीमा व्यापारी दीपक मलहोत्रा पोलिएपछि यो काण्डले यू टर्न लिने संकेत देखिएको छ ।
हुन त प्रधानमन्त्रीले सुन काण्डको अनुसन्धान रोकेका हुन् र अनुसन्धान गर्ने सहसचिव ईश्वर पौडेलले पनि काँचो रिपोर्ट बुझाएर यो काण्ड सेलाइसकेको हो । तर, छिरिङ गुरुङले तस्करीको सुन पोद्दारलाई विक्री गर्ने गरेको र पोद्दारका पार्टनर दीपक मलहोत्रा भएको कारणले लहरो तान्दा पहरो गर्जन लागेको हो । पोद्दारले अर्थका बदनाम सहसचिव भरतराज सुवेदी, वर्माबाट नेपाल अम्बे, रेनवेजस्ता ठूला कम्पनी चलाउने विष्णु न्यौपाने, मुकुन्द तिमिल्सिना, प्रहरीका हरि पाल, पूर्व प्रहरी हेमन्त पाल, वीरेन्द्रबाबु श्रेष्ठहरुको नाम पोलेकाले सेटिङ मिलेन भने सुन काण्डले यू टर्न लिने अनुमान गर्न थालिएको छ ।