Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सडक बनाउने होइन, खाल्डा पुर्ने

१४ सोमबार , श्रावण २०७५७ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
सरकारले सडक निर्माणका लागि ५० दिने खाल्डा पुर्ने अभियान थालेको छ । सुशासन र समृद्धि ल्याउँछु भन्ने सरकारले काम नगर्ने ठेकेदारलाई थुन्नेसम्मको चेतावनी दियो, केही ठेकेदारलाई पक्राउ पनि गर्‍यो तर सरकार आफू चुकेको थाहा पाएपछि ठेकेदारले सरकारको चेतावनीलाई फासफुस पारिदिए ।
केही नलागेपछि सरकारले ५० दिने खाल्डाखुल्डी पुर्ने अभियान थालेको हो । असारे विकासका नाममा अन्तिम एकै दिनमा ६६ अर्वको चेक काटेको सरकारले भ्रष्टाचारलाई रोक्न सकेन । ठेकेदारले उठाउनु लाभ उठाए, यो सबको कारक शासन र प्रशासन दुबैतर्फले ठेकेदारसँग सेटिङ मिलाएर भ्रष्टाचार गर्नु हो ।
जुन सरकार भ्रष्टाचार कम गर्न, भ्रष्टाचारीलाई कारवाही गर्छु भनेर पनि केही लछारपाटो लगाउन सक्दैन, त्यस्तो सरकारले सुशासन दिन्छु भन्नु आफैमा हास्यास्पद हो । समृद्धि ल्याउँछु भन्नु त सोम शर्माले देखेको सपनाजस्तै हो । यतिबेला केपी ओली सरकारले सुशासन र समृद्धिको जुन सपना देखेको छ, सोम शर्माको सपनाजस्तै हाँडी फुटेर सातुले अनुहार सातुमय भएजस्तै भएको छ ।
राजधानीका तिनै सहरका जुनसुकै सडक हेर्नोस्, सद्धेलाई बिरामी पार्ने र बिरामीको ज्यानै लिने खालको छ । त्यसमाथि ट्राफिक जाम, के चाहियो, अस्तव्यस्त छ राजधानी । यो फोटो कलंकी थानकोट सडक हो । यस्तै छ चावेल जोरपार्टीको सडक, अन्य सडकहरु पनि । यहाँसम्म कि पानी पर्‍यो कि सिंहदरवारको ढोकै जोडिएको पुतलीसडक जलाम्मे हुनेगरेको छ । यस्तो अस्तव्यस्तता, सरकार छ, छ भने कहाँ छ ? सरकार छ भने सरकारको प्रभावकारिता त देखिनुपर्छ नि ।
प्रधानमन्त्री मन्त्रीले कलंकी थानकोट, चावहिल जोरपाटी र अन्य शाखा सडकहरु एकदिन बस चढेर घुम्नुपर्‍यो । तव उनीहरुलाई राजधानीको सडकबारे सही ज्ञान हासिल हुनसक्छ । केही दिन अघि मदन भण्डारी साहित्यिक कार्यक्रममा सहभागी हुन चन्द्रागिरी गएका थिए, त्यही उनले सबैका सामु आँसु कवि बनेर मरेपछि पनि सपना देख्न पाउँ भन्ने कविता लेखे, सुनाए, चर्चा पनि बटुले । तर, कलंकी भएर थानकोट पुगेका प्रधानमन्त्रीले बल्ल हिलोमाटोले खाल्डा पुर्ने आदेश दिएका छन् । खाल्डा पुरिन थालेका छन् । दैनिक २० हजार गाडी चल्ने यो राजमार्गमा हिलो हालेर खाल्डा पुरेर गर्न खोजेको के ? पानी पर्दा हिलो, घाम लाग्दा धुलो उड्ने सडकको यो तमासा देखाएको ४ वर्ष नाघिसक्यो । ठेकेदारलाई छिटो पिच गर भन्न नसक्ने सरकार प्रमुखले कसरी सुशासन र समृद्धि ल्याउन सक्छन् ।
राज गर्ने राजनीति फितलो र शासन गर्ने प्रशासन भ्रष्टाचारमय बने पछि राजनीतिले राष्ट्रको समृद्धि यो तालले आउला भनेर कसरी विश्वास गर्ने ?