Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

काठमाडौंमा भारतको थिंक टेंक सम्मेलन

१४ सोमबार , श्रावण २०७५८ बर्ष अगाडि

काठमाडौं । ओली सरकारलाई साइजमा ल्याउनका लागि भारतीय दूतावासको आर्थिक लगानीमा आज होटल याक एण्ड यतिमा नेपाल भारत थिङ्क टेंक भेला हुने भएको छ ।
नेकपा अध्यक्ष प्रचण्ड प्रमुख अतिथि, कांग्रेसका सांसद गगन थापा, राममाधवजस्ता भारतीय बुद्धिजीवीलगायतलाई राजदूत मञ्जिवसिंह पुरीले निम्त्याएका छन् । हुन त नेकपाका दोस्रो दर्जाका केही व्यक्ति पनि सामेल हुनेछन्, तर यो थिंक टेंकको सेमिनार किन आवश्यक पर्‍यो रहस्यमय छ । प्रवुद्ध समूहले तैयार पारेको रिपोर्ट असरल्ल हुनु र एसियन इन्स्टिच्यूट 
अफ डिप्लोमेसी एण्ड इन्टरनेशल अफेयर्स नामक संस्थाले नेपाल भारत थिंक टेंक सम्मेलन २०१८ नाम दिएर गर्न लागेको कार्यक्रम आश्चर्यजनक मानिएको छ ।
भारतीय गुप्तचर संस्था रअको डिजाइनमा यो कार्यक्रम हुनलागेकाले र भारतीय दूतावासको विशेष चासो रहेकाले पनि यो कार्यक्रम कतै न कतै दुई तिहाईको ओली सरकारलाई ठिक ठाउँमा राख्न र चीनको प्रभाव रोक्ने अभिष्ठ बोकेको जानकारहरु बताउँछन् । भारतीय हस्तक्षेप बढाउन, प्रभाव बढोत्तरी गर्ने उद्देश्य बोकेको यस्तो कार्यक्रममा प्रचण्ड नै प्रमुख अतिथि हुनु ओलीपछिको प्रधानमन्त्री हुने तैयारीका रुपमा समेत चर्चा हुँदैछ ।
स्रोतका अनुसार गगन थापा, पूर्वमन्त्री गणेश साह, नेकपाका राजन भट्टराई, निर्मलमणि, शम्भुराम सिंखडा, रविन्द्रनाथ भट्टराई, सुजिभ शाक्य, निशा तानिजा, डा.विष्णुदेव पन्त, केशर भण्डारी, विनोज बस्नेत, पत्रकार कोशराज कोइराला, पत्रकार सम थापा, लेखक गेजा शर्मा वाग्ले, निर्वान चौधरी यिनै हुन् त नेपाल भारतवीचका थिंक टेंकहरु ?