Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

एनसेलसँग किन सुरालमै सू

०७ सोमबार , श्रावण २०७५८ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
सर्वशक्तिमान सरकारको शक्ति किन दुरुपयोग भइरहेको छ ? एनसेलले तिर्नुपर्ने ६५ अर्वभन्दा बढी रकम नेपाल सरकारले उठाउन सकेन । त्यो पैसा उठाउन सरकार लाचार भइरहेको छ । सर्वशक्ति कता गुम भयो हाम्रो सरकार ?
नेपाली चेली, आनी छोइङ डोल्मा, फूलको आँखामा फूलैसंसार । उनले आफ्नो योगदान तुइनमा खोला वारपार गर्नुपर्ने, हरेक दिन जीवन जोखिममा राख्नुपर्ने दर्दनाक स्थितिबाट पार पाउन एउटा भए पनि तुइन हटाउ, झोलुङ्गे पूल बनाइदेउ भनेर एक करोड योगदान गरिन् । आफ्नो मुलुकको समृद्धिका लागि, अन्य मुलुकवासीको कल्याणका लागि एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नु प्रशंसनीय छ । तर सरकारले पनि नीतिमा चल्नुपर्छ । लोककल्याण्का लागि योगदान पुर्‍याउनुपर्छ, भ्रष्टाचारीलाई संरक्षण गर्नुहुन्न । नागरिकमाथि कर थोपर्न र नागरिकले गरेको योगदान हात थाप्न तत्काल दगुर्ने शक्तिमान प्रधानमन्त्री केपी ओलीले नेपाल सरकारले पाउनैपर्ने यो रकमभन्दा ६५ गुणाबढी रकम अर्थात ६५ अर्वभन्दा बढी कर एनसेलसँग उठाउन सकेन, उठाउने तरखरमा पनि छैन । आखिर किन शक्तिमान सरकार एनसेलसँग सुरालमै सू गरिराछ ।
सुशासन र समृद्धि विदेशीलाई देश लुटाएर हुन्न । विदेशीलाई कानुन उल्लंघन गर्न दिएर पनि हुन्न । विदेशीलाई नेपाल कमजोर छैन, नेपालमा लोकतन्त्र छ, कानुनको राज छ भनेर देखाउन पनि कानुन बलियो बनाउनु पर्छ । तर सर्वशक्तिमान सरकार प्रमुख राज्यले पाउनैपर्ने करसमेत उठाउन सक्दैनन् ।
धन्यवाद आनी डोल्मा । सरकारलाई आँखा दिएकोमा । आमनागरिकको संवेदनशीलतालाई झकझक्याएकोमा । नागरिक आफैमा बलियो सरकार पनि हो, नागरिक आफैमा सर्वशक्तिमान पनि छ । सरकारलाई गाली गरेर, सुतेका नागरिकलाई हातैले चिमोट्नु पर्दैन । विवेकले यसरी हम्मर हान्न सकिन्छ, सकारात्मक र सजग पार्न सकिन्छ । आनी डोल्माको योगदान । जसले जे सक्छ, त्यसैगरी देश र देशवासीलाई सहयोग गरौं, सरकारलाई बाटो देखाउँ । किनकि सरकार कर्तव्यबाट च्यूत छ, भ्रमित छ । अहंकारको चूकघोप्ट्याए जस्तो अँध्यारोमा रुमल्लिरहेको छ ।