Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

माधव नेपालजी, साँच्चै हो र ?

०७ सोमबार , श्रावण २०७५८ बर्ष अगाडि

अचम्म भो, सबैभन्दा लामो समय एमालेको महासचिव भएका माधव नेपाल प्रधानमन्त्री पनि बने तर कहिल्यै नबोलेको कुरा अहिले आएर उनले बोलेका छन् 
बुढेसकालमा बुद्धि बंगारो पलाएछ कि टोपी खस्ला भन्ने चिन्ता परेछ । किन ओलीजी नाफाको जिन्दगीमा घाटाको व्यापार गरिरहेका छन् । कति दिन हेरोंला, त्यसपछि त मेरै पालो न हो भन्ठानेर हो माधव नेपालले प्वाक्क भनेका छन्– मदन भण्डारीको हत्या गरी दासढुंगामा फालिएको हो, पार्टी भित्रै शंका छ । शंका गर्न २५ वर्ष लाग्यो ?
तमाम नेपाली, पार्टी पंक्तिले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको आवाज उठाउँदै आएपनि माधव नेपालले यसरी बोलेका थिएनन् । अहिले आएर उनलाई बोल्नुपर्ने कारण के परेछ ? मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपतिको दोश्रो कार्यकालमा छिन्, उनलेसमेत छानबिनको आदेश नदिएर अचम्ममा पारिरहेका बेलामा माधव नेपालको यस्तो शंका ?
गतहप्ता मंगलबार काठमाडौंको सुविधानगरमा भण्डारीको स्मृतिमा बनाइएको वाटिका र शालिक अनावरण गर्दै नेकपा नेता नेपालले मदन भण्डारीको मृत्यु दुर्घटना नभएर हत्या भएको दावी गरेका हुन् । कसले गर्‍यो नेपाल चुप छन् ।
स्मरणीय छ, मदन भण्डारी र जीवराज आश्रितको हत्या पार्टीभित्रैबाट भएको भनेर त्यतिबेला खुबै अवाज उठेको थियो । यो रहस्यलाई रहस्यमय पारिदै आएको छ । श्रीमती विद्या भण्डारीले समेत सबै प्रमाण नष्ट भइसकेका कारण हत्या नै हो भन्न नसकिने अभिव्यक्तिसमेत दिएकी थिइन् । तर जिम्मेवार नेता माधव नेपालले हत्याको आशंका गरेपछि सत्तारुढ पार्टीले छानबिन गराउला ?
मदन भण्डारीको २०५० को दुर्घटनामा मृत्यु, यसबारेमा केपी ओलीले कहिले मुख खोलेनन् । अहिले प्रधानमन्त्री छन्, छानबिन गराइ पो हाल्छन् कि ?