Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

पानी जहाजको टिकट कहा“ पाइन्छ ओलीजी ?

२५ सोमबार , असार २०७५८ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
असार १५ गते, सांसद नेता तथा ठिटाठिटीहरु धान घा“टीमा उमारीरहेका थिए, हिलोमा यौवन साटासाट गरिरहेका थिए, नेताहरु धन रोपेको नौटंकी देखाइरहेका थिए, प्रधानमन्त्री संसदमा टुक्के भाषणले जगह“साइरहेको देखिन्थ्यो ।
प्रधानमन्त्रीले संसदबाटै घोषणा गरे– पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउ“दै उडाएका छन्, अब हि“ड्दाहि“ड्दै हनुमाननगरबाट पानीजहाज चल्छ, दुई वर्षअघि प्रधानमन्त्री हु“दा बोलेका कुरा सन् २०१८ सम्म भ्याइएन भने सन् २०१९ को पुस १६ लाग्ला, तर स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरूलाई । पानी जहाजको टिकट किन्न तैयार हुनोस् ।
क्या स्वादिलो भाषण । वाह ओलीजी, भाषणका लागि बधाई दिनैपर्छ ।
प्रधानमन्त्री हुनु त केपी ओलीजी जस्तो हुनु, नत्र हु“दै नहुनु ।
भूपरिवेष्ठित मुलुकको म, मलाई पनि पानी जहाज चढ्ने चर्कै रहर छ । यही स्तम्भबाट सोध्छु, प्रधानमन्त्रीज्यू पानी जहाजको टिकट कहा“ पाइन्छ ? म पनि पानी जहाज चढेर कलकत्ता आवत जावत गर्छ, कलकत्तै हुन्छु एकचोटि ।
विश्लेषकहरु भन्छन्– पानी जहाज कुन मन्त्रालय अन्तर्गत पर्छ, पानीजहाजको अध्ययनसमेत सरकारले गरेकै छैन । टिकट किन्न तैयार हुनोस् भन्ने खबर आयो ।
पुससम्ममा पानी जहाज ल्याउने भयो भन्ने सुनियो, यो टुकुचाबाटै चल्छ कि नारायणीबाट । कि कोशी गण्डकीबाट । महाकाली दिने पनि यिनै हुन्, महाकालीबाट पो चलाउन लागे कि ? ओली सरकारका सबै मन्त्रालय धाइयो, टिकट कतै पाइएन, प्रधानमन्त्री कार्यालय आफैले पो पानी जहाजको टिकट बेच्न लागेको हो कि ? लौन प्रधानमन्त्रीज्यू बताइदिनुप¥यो । पछि फेरि नपाइएला ? केबुलकारको टिकट लिन त आधा घण्टा कुर्नुपर्छ, यो पानी जहाजको कुरा हो, कहा“ खेलाची हो र ?
२ वर्ष अघि प्रधानमन्त्री बन्दा हावाबाट विजुली निकाल्छु भन्ने यिनै हुन् । चुलोसम्म ग्यासपाइप जोडिदिन्छु भनेर फुर्ति पनि लाएकै थिए । मधेसलाई अलग देश दिएन भनेर नाकावन्दी गर्ने भारतले ओलीलाई रातारात राष्ट्रवादी बनाइदियो र चुनाव जितेर शक्तिशाली प्रधानमन्त्री बनेका छन् । उनको यो शक्तिमान शक्तिले पानीजहाज पुसमै चलाउने, चल्ने नया“ चमत्कारिक कुरो आएको छ । यता मेडिकल माफियाको चक्करमा फस्ने र मानवाधिकारमाथि हुलहुज्जत गर्ने ओलीजीले सुशासन र समृद्धि भाषणबाजीमा मात्रै ल्याउन लागेका हुन् कि कसो ? सुन्नुभो, ओलीजी ?