Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

दुई गैंडा भाग्यमानी कि अभागी

१८ सोमबार , असार २०७५८ बर्ष अगाडि

काठमाडौ । यी दुई गैंडा लिन चीनले असार २८ गते विशेष विमान नेपाल पठाउने भएको छ । यी एकसिंगे गैंडाको जोडी सोही दिन चीनतिर जानेछन् ।
यी भाग्यमनी यसकारण कि नेपालमा भए वन्यजन्तु माफियाले कुन दिन धराप थापेर मारिदिने हुन्, पत्तो हुन्न । अभागी यसकारण कि आफ्नो जन्मभूमि नेपाल छाडेर यिनीहरु पनि वैदेशिक रोजगारीमा जानेछन् । यिनले आफ्नो जीवन चीनलाई बेचेर नेपालको समृद्धि अर्थात नेपालाई रेल र तेलसँग, पारवहन र अन्य विकास योजनामा योगदान दिएका छन् ।
केपी ओलीको चीन भ्रमण र नेपाल–चीन सम्बन्धको एउटा कडी यी चितवन वन्य जन्तु निकुञ्जका यी गैंडा पनि हुन् ।