Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आजका ताजा समाचार सार संक्षेपमा (२०७५-०३-१०)

०९ शनिबार , असार २०७५८ बर्ष अगाडि


-एसईई परिक्षा नतिजा आयो।
_______________
-एसईई परीक्षाको नतिजा आज सार्वजनिक/ परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए।
उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४,
‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७,
‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् । यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०,
‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ छन्।
__________________________
-
- गैरकानुनी रुपमा मृगौला प्रत्यारोपण गराउने जेल चलान।
- ३ करोड धरौटी बुझाउन नसकेपछि उद्योगपति बिरगंजका संजय अग्रवाल जेल चलान।
-नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पास हुने।
-सामाजिक सञ्जालमा जथाभावी सामग्री नराख्न प्रेस काउन्सिलको आग्रह।
-अब सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे १ बर्ष कैद र १० हजार जरिवाना हुने।
- परनिर्भरता उच्चबिन्दुमा : प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात हुन थाल्यो।
-चरिकोटमा दुर्घटना : ५४ यात्रु सकुशल
-!नाम द्रुतमार्ग तर काम भने अति सुस्त हुँदै।
-पैसा छ, किताब निकाल्यो भन्ने आरोप लाग्ने गरेको छः बसन्त चौधरी।
-माइतीघर मण्डलामा डा. केसीको आक्रोशः नेताले हाम्रो कुरा सुनेनन।
-कुवेत जान लागेका पाँच महिला विमानस्थलबाटै फर्काइए।
-गुण्डागर्दीमा प्रयोग भएपछि लाइसेन्सवाला हतियार पनि धमाधम खोस्दै प्रहरी
-दस हजारमा पाइन्छ ड्राइभिङ लाइसेन्स ! कर्मचारीको सेटिङमा यस्तो गरिन्छ बदमाशी : श्रोत अन्नपूर्ण पोस्ट
राजनीति :
__
-प्रधानमन्त्री ओली र तिब्बती नेताबीच भेटवार्ता।
- नेतृत्वसंग सन्तुष्ट हुने ठाँउ रहेन : कांग्रेस नेता डा. महत।
-चीन भ्रमण उपलब्धिमूलक र प्रेरणादायी रह्यो : परराष्ट्रमन्त्री ज्ञवाली।
-संघीय समाजवादी फाेरमसँग पनि एकता भए अाश्चर्य हुँदैन: रघुजी पन्त
-रेशम चौधरी निर्दोष छन्, सपथ खुवाउँछौँ: केशव झा

विश्व घटना :

-इथियोपियामा प्रधानमन्त्रीको र्यालीमा ग्रिनेड आक्रमण, थुप्रै मारिए।
-जहाजभित्र भिखारीले माग्न थालेपछि सबै हेरेको हेर्यै, घटना पाकिस्तानको,मगन्ते ईरानको।
-यूरोपेली यूनियनद्वारा अमेरिकी सामानमा करवृद्धि।
-तालेवानको आक्रमणमा १६ अफ्गान प्रहरी मारिए।
-‘मानव तस्करी’बारे सडक नाटक देखाउने पाँच युवतीमाथि भारतमा सामूहिक बलात्कार।

विश्वकप -२०१८
-सर्वियालाई हराएपछि स्विजरल्याण्डको अघिल्लो यात्रा सहज
-ट्युनिसियामाथि बेल्जियमको सहज जित
-आइसल्याण्ड हार्‍यो, मुसाले दिलाए नाइजेरियालाई महत्वपूर्ण जित
-आइसल्यान्ड हार्दा अर्जेन्टिना खुसी, पुग्न सक्छ प्री–क्वार्टरमा
-मुसाको दुई गोलमा नाइजेरिया विजयी, अन्तिम भिडन्त अर्जेन्टिनासँग कला /सङ्गीत :
____

बिबिध :
_
-विश्वकप हेर्नेक्रममा विवाद, वडा सदस्यले चक्कु प्रहार गर्दा एक युवक घाइते
-८ वर्षीय मदनको पेटबाट निकालियो झन्डै एक किलो जुका !
-अनुगमनमा अस्वस्थ मासुसहित ७० वटा कुखुरा बरामद, प्रदेश ५
___________धन्यवाद।रेडियो नेपाल