Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपालमा दिल्ली र चीनवीच कूटनीति

०९ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

नेपालमा दिल्ली र चीनवीच कूटनीतिक प्रतिस्पर्धा बढेर गएको छ। बाबुरामले दिल्लीलाई १२ बुँदे र शान्ति सम्झौताको एक पक्ष भएकाले हस्तक्षेपका लागि आह्वान गरेर आएका छन् भने प्रचण्डले चीनसँग के आह्वान गर्ने हुन्, जिज्ञासाको विषय बनेको

छ। विज्ञहरु भन्छन्: चीनले प्रचण्डलाई संघीयताका मामिलामा चीनको हितमा मञ्जुर गराएर पठाउने छ। यसको खुलासा चैत १३ गते प्रचण्ड फर्केपछि हुनेछ। चीनले प्रचण्डलाई चीनमै बोलाएर महत्वूर्ण खेल खेल्न लागेको छ। दिल्लीले बाबुरामलाई

महत्व दिन्छ भने चीनले प्रचण्डलाई किन नच्याप्ने? चिनियाँ कम्युनिष्ट पार्टीले ५ दिने भ्रमणका लागि चीनले प्रचण्डलाई निम्त्यायो। देशमा वार्ता, सहमति र संविधानको चटारो चलिरहेको छ, प्रचण्ड आन्दोलनको घोषणा गरेर चीन भ्रमणमा गर्दैछन्। यो

घटना लोकतन्त्रमा राम्रै जोक हुनपुगेको छ। महरा बाबुरामसँग दिल्ली लागेका थिए, (यद्यपि बाबुरामले दिल्ली वार्तामा साथमा राखेनन्) प्रचण्डसँग चीनतिर पनि हिडेका छन्। बाबुराम दिल्लीबाट फर्केको केही दिनमै प्रचण्ड चीन जानु, राजनीतिक

बृत्तमा यो पनि आश्चर्यपूर्ण नै छ। यथार्थमा चीन र भारत छटपटीमा देखिन्छन्।