Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सम्झौता रोक्न बैद्यको आम हड्ताल

१७ बिहिबार , पौष २०७१११ बर्ष अगाडि

राजनीतिक सम्मेलन गरेर संविधान जारी हुनुपर्छ भन्ने आफ्नो पूर्व प्रस्तावलाई ताजगीकरण गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले कुनै पनि हालतमा माघ ८ गते संविधान जारी गर्न नदिन आमहड्तालको प्रस्ताव गरेका छन्। मंसिर ४ को निर्वाचनलाई बम पड्काएर असफल पार्न नसकेको बहिष्कारवादी नेकपा–माओवादीले माघ ८ को संविधान घोषणा र संविधानसभालाई असफल पार्ने कार्यनीतिको एजेन्डालाई कसरी सफल पार्न सक्ला र? उत्सुकताका विषय बनेको छ। माघ ५ मा प्रचण्डको आम हड्ताल, माघ ८ मा बैद्यको आमहड्ताल र विप्लवको विप्लवकारी सडक आन्दोलन अर्थात माओवादीहरु सडक कब्जा गर्ने प्रतिस्पर्धामा देखिन्छन्। बैद्यको राष्ट्रिय भेला यही आमहडताल र पूर्व कार्यनीतिलाई सही ठहर गर्दै अघि बढेको छ।