Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

जनताको पहरेदार

०४ सोमबार , असार २०७५७ बर्ष अगाडि

काठमाडौं । एसएसपी विश्वराज पोखरेल पुराना फुटवल खेलाडी भए पनि वल्र्डकपको बहानामा चम्केको जुवा रोक्न कस्सिएर लागेका छन् । जुवाले अपराधिक गतिविधि बढाउँछ भन्दै राजधानीको सुरक्षा व्यवस्थालाई कडा पार्दै लगेका एसएसपीले खेलका माध्यमबाट हुने जुवालाई समेत निगरानी गरिरहेका छन् ।
केही हप्ताअघिमात्र अनलाइन जुवा खेलाउने अञ्जनलाई पक्राउ गरेर सनसनी फैलाएका यी अधिकारी भन्छन्– विश्वकप फुटबल खेलको जित 
हारका र सम्बन्धमा नेपालमा पनि ठूलै धनराशीमा बिट लगाउने चलन बढेको छ । खेल बिस्तारै जुवाको रूप लिंदै गर्दा अपराध बढेको छ । मेरो ध्यान विश्वकपका म्याचभन्दा बढी बाजी थाप्ने जुवाको नियन्त्रणमा छ । विश्वकप समयभरि काठमाडौंको विशेष सुरक्षा व्यवस्था मिलाएका छौ । बाजीगरहरु विशेष निगरानीमा छन् ।