Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

स्वर्ग चाहियो कि नेपाल ?

१९ शनिबार , जेठ २०७५८ बर्ष अगाडि

प्रधानमन्त्री केपी ओलीले १० वर्षमा नेपाल स्वर्ग हुन्छ भनेका छन् । घर अगाडिको सडक, पेटी, फोहर, घरको धारा, अस्पतालको अव्यवस्था सुधार्न नसक्ने र बिधि निर्मातालाई ४ करोड दिएर भ्रष्टाचार गर भनेर अवसर दिने प्रधानमन्त्रीले नेपाललाई स्वर्ग बनाउने रे ? ५ वर्षका लागि चुनाव जितेर सरकार बनाउने, १० वर्षमा स्वर्ग बनाउने ? बनिहाल्यो नि, अदालतले ज्यानमारा भनेकालाई माफी दिने सरकारको विधिको शासन पनि देखिएन र ?