लाइन्स क्लव अफ नेपाल जार्नालिष्टस् गठन भएको छ । अन्तर्राष्ट्रिय लाइन्स क्लवले यस प्रकारको लाइन्स संगठन विश्वमै पहिलो भएकोमा खुशी व्यक्त गर्दै मान्यता दिएको छ ।
पत्रकारहरु समाज सुधारक हुन् । सरकार र जनतावीचको माध्यम बनेर जनआवाजलाई सरकारसम्म र सरकारका नीति कार्यक्रमलाई जनतासम्म पुर्याउने माध्यम भनेकै पत्रकार हुन् ।
पत्रकारहरुले सरकारका गलत नीति निर्णयलाई सच्याउन दबाब दिने र जनपयोगी कार्य गर्दै आइरहेका छन् । नेपालको सन्दर्भमा त पत्रकारहरु राजनीतिक परिवर्तनमा समेत मुख्य भूमिका निर्वाह गरेर आएको बर्ग हो । यो बर्गले लायन्स क्लवजस्तो अन्तर्राष्ट्रिय समाज सेवा गर्ने संस्थामा आवद्ध भएर आफैलाई लायन्सका रुपमा समेत प्रस्तुत गर्न अग्रसरता देखाउनु भनेको सबै पत्रकारहरुका लागि गौरवको विषय हुनुपर्छ । आजसम्म किन कुनै पनि देशका पत्रकारले लायन्समा आवद्धता जनाएर अग्रसरता देखाएनन्, नेपाल यसमा पहिलो हुनपुग्यो, यो पनि राष्ट्रिय विषय हुनपुगेको छ ।
लायन्स क्लव अफ जर्नार्िलस्ट क्लवको पूर्ण बैठक सम्पन्न भएको छ । क्लवका अध्यक्ष योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा सम्पन्न बैठकले कल्वको विधिगत संरचना अनुरुप कार्य समितिलाई पूर्णता दिएको हो ।
जस अनुसार योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा वोर्डका उपाध्यक्षद्वय निरञ्जन ओझा, नेत्र प्रसाद न्यौपाने रहेका छन् भने सचिव र सहसचिवमा श्रीजन झा र नरेन्द्र मानन्धरलाई चयन गरिएको छ । त्यसैगरी कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमस: मञ्जु शाही र शुभाञ्जली मानन्धर रहेका छन्, कार्य समिति सदस्यहरुमा गणेश कुमार शर्मा, यज्ञ ढकाल, हिरा आले, सन्तोष गौतम, शिव पाण्डे सुनिता कोइराला लगायतका व्यक्ति लायन्स सदस्य बनेका छन् । पत्रकारको त्यसै पनि समाजप्रति गहन दायित्व रहनेगर्छ, अव त लायन्सजस्तो संस्थामा आवद्ध भएपछि झन बढी दायित्व निर्वाह गर्नुपर्ने हुन्छ ।
पत्रकारिता र समाजका अन्य विधा र विषयमा समेत दख्खल भएका र फोटो पत्रकारसमेत यो लायन्स क्लवमा आवद्ध रहेका छन् । यसकारण पनि यो लायन्स क्लवले राम्रो काम गरेर राष्ट्रिय छविलाई अरु उज्यालो पार्ने विश्वास लिन सकिन्छ । यस संस्थालाई के कसरी अघि बढाउन उपयुक्त होला, यो संस्थाले सुझावको पनि अपेक्षा गरेको छ । यो साझा संस्थाको रुपमा चल्न चाहन्छ ।
यही बैठकले क्लवको इन्टरनेशनल फाउण्डेशन डाइरेक्टरमा राजन कार्की, पब्लिक रिलेसन अफिसरमा रोसन कार्की र विधागत डाइरेक्टरमा प्रज्ज्वल थापा, प्रवीन श्रेष्ठलाई जिम्मेवारी दिएको छ । क्लवका सचिव श्रीजन झाद्वारा जारी विज्ञप्तिमा पत्रकारहरुको संगठित प्रस्तुत क्वलले आफ्ना क्रियाकलाप सूचना प्रवाह गर्ने लक्ष्य सहित समाचार एवम् सूचनामूलक अनलाइन समेत सञ्चालन गर्ने नीतिगत निर्णय गरेको उल्लेख गरिएको छ ।


