Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

८५० लाई आममाफी

०९ बुधबार , जेठ २०७५८ बर्ष अगाडि

०६१ सालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेका बालकृष्ण ढुंगेल माओवादी नेता प्रचण्डका विशेष सहयोगी पनि हुन् । उनी र उनीजस्तै सहयोगीको उद्धारका लागि समेत माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनाइयो र जेठ १५ को गणतन्त्र दिवसका दिन अपराधिक कतुर्त गरेकाहरुलाई आममाफी दिने निर्णयमा सरकार पुगेको छ । कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीका अनुसार माफी दिने सिफारिस गरिएको हो ।
एकलौटी शासन, राज्यका सञ्जाल, राष्ट्रपतिले लालमोहर ठोकेपछि जेठ १५ बाट सजाय भोगेका धेरै माओवादीको उद्धार हुनेछ । अव गोरखा फुजेलका कृष्ण अधिकारीको हत्याराको उद्धार हुन बााकी हुनेछ । जनयुद्धकालीन सबै फौजदारी अभियोगहरु नेकपाका अध्यक्ष ओली र प्रचण्डले मेलमिलापका माध्यमबाट टुंगोमा पुर्‍याउने भएका छन् । अन्तर्राष्ट्रिय मानवाधिकारवादीहरु यहीकारण सलबलाउन थालेका छन् ।