Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मोदी आउँछु भनेपछि ओलीलाई टेन्सन

१० सोमबार , बैशाख २०७५८ बर्ष अगाडि

काठमाडौं । भारतले राष्ट्रपति विद्या भण्डारीलाई निम्तो दियो र मिति आफैले तोक्यो, प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति पनि दिल्लीले तोक्यो र उनी भ्रमणमा गएर फर्किए । अव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउने, जानकी मन्दिर र लुम्बिनीको भ्रमण गर्ने कुरा दिल्लीबाटै सार्वजनिक भयो, हाम्रो परराष्ट्र मन्त्रालय अझै होमवर्कमा लाग्न
सकेको छैन । प्रधानमन्त्री केपी ओली चीन जाने कुरा उठेको छ, भ्रमणको वातावरण परराष्ट्रमन्त्री गएर मिलाए । परराष्ट्र मन्त्री मार्फत केरुङ काठमाडौं रेलमार्ग अनुदानमा बनाइदेउ, तातोपानी नाका खोलिदेउ भनेर आए । चीन सकारात्मक छ, चीन जाने तैयारी पनि प्रधानमन्त्रीले गरेका हुन् तर भाँजो हाल्यो दिल्लीले । मोदी ओली चीन जानु पूर्व नै नेपाल आउन चाहे ।
यसको तैयारीका लागि पञ्चेश्वरमा सहमति खोज्ने भनेर भारतीय टोली नेपाल आइसक्यो । ओलीले कोशी हाइड्याम बनाउन मञ्जुरी दिएको कुरा छ, त्यो हो भने त्यसको खुलास केही दिनमै हुनसक्छ र नेपालमा राजनीतिक महाभारतको अर्को श्रृंखला सुरु हुनसक्छ ।
मोदी वैशाख २८ अर्थात मे ११ मा आउने कुरा दिल्लीले प्रचारमा ल्याएको छ, नेपालले यसबारेमा मुख खोलेको छैन, मोदी किन आउने हुन्, नेपालले के के भन्ने हो, नेपाल भारतवीचका मुद्दाहरु उठाउने कि नउठाउने, नेपाल सरकारले होमवर्क युद्ध स्तरमा गर्नुपर्ने हो, केही पनि हुनसकेको छैन ।
भर्खर नेपालका प्रधानमन्त्री दिल्ली पुगेर आएका छन् । तत्काल भारतीय प्रधानमन्त्री आउनुपर्ने त्यस्तो एजेण्डा केही पनि छैन तर आउँदैछन् र यो भ्रमणका खास उद्देश्य चीनलाई नेपालमा प्रभाव बढाउन रोक्नु हो ।