Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

भारतको षडयन्त्र चिरौं

०३ सोमबार , बैशाख २०७५८ बर्ष अगाडि

काठमाडौं । श्रीलंकाको क्याण्डीमा रहेको भारतको बाौद्ध म्यूजियममा रहेको सूचनापाटीमा बुद्ध भारतमा जन्मेका हुन् भनेर लेखिएको खुलासा भएपछि नेपाल र विश्वका बौद्धमार्गीहरु भारतसँग झस्किएका छन् ।
श्रीलंका घुम्नजाने पर्यटक गतवर्ष २१ लाख क्याण्डी पुगेका थिए भने ती सबैले यो गलत सूचना पढेका छन् । यो नेपालका लागि लज्जाको विषय हो र बुद्ध नेपालमा
 जन्मेका हुन् भनेर विश्वास राख्ने श्रीलंकाले पनि यो सूचना हटाउन भारतलाई भनेको देखिदैन । स्वयम् भारत लुम्बिनी पारी भारतीय क्षेत्रमा नक्कली लुम्बिनी बनाइरहेको छ । भारतका फरिद जकारियाजस्ता व्यक्ति अमेरिकाबाट बुद्ध भारतमा जन्मेका हुन् भनेर प्रचार गरिरहेका छन् भने भारतका प्रधानमन्त्री नेपालमा आउँदा बुद्धको देश नेपाल भनेका थिए भने जर्मन पुगेर चान्सलरसँगको प्रेसमिटमा बुद्ध भारतका हुन् भनेका थिए । बुद्धबारे भारत द्वैधचरित्रमा छ । श्रीलंकाका लागि नेपाली राजदूत छन्, विश्वम्भर प्याकुरेल । उनलेसमेत यस मामिलामा परराष्ट्रलाई जाहेर गरेर सच्याउन भारतलाई अनुरोध गर्नुपर्ने कुरा नलेखेको बुझिउको छ । हल्ला भएपछि पत्र त लेखे तर नेपाल सरकारले यसबारेमा भारतलाई विश्वले मानेको पुरातात्विक प्रमाणबारे सूचित गरेको छैन ।