Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

साक्षी नजाने भए

०२ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

नेपाली सेनाका कर्णेल कुमार लामालाई नेपाली सेनाले फर्काउन सकेन। नेपाल सरकारको आग्रहलाई पनि बेलायतले टेरेन। साँढे २ वर्षअघि पीआर लिएर बेलायत बसेकी श्रीमती, परिवारलाई भेट्न शान्तिसेना मिसनबाट २०६९ पुस १९ गते बेलायत

छिरेका लामालाई तत्काल पक्राउ गरेर थुनामा राखियो। अदालतको आदेशले उनी बेलायत छोड्न सक्दैनन्। उनको मुद्दा चलिरहेको छ। वकलिले १ लाख २० हजार पाउण्ड नेपाल सरकारको खाइसक्यो। तैपनि कर्णेल कुमार लामा नेपाल फर्किन

सकेनन्। अहिले नेप्ली ल फर्म भन्छ: साक्षी आएर बकपत्र गरिदिनुपर्छ। मुद्दाले यू टर्न लिन्छ, सकारात्मक प्रभाव पर्छ। अवकाश प्राप्त उपरथी नरेन्द्र रावल, सेनानी विदुर न्यौपाने, मानार्थ उपसेनानी रामकृष्ण राई साक्षी हुन् र उनीहरुलाई बेलायत

झिकाउने कुरा गर्दा कानुनविदहरुले उनीहरु पनि थुनामा पर्नसक्ने खतरा छ भनेपछि साक्षीहरुले बेलायत जान इन्कार गरिदिएका छन्। उनीमाथि एडभोकेसी फारेमकी मन्दिरा शर्माले जनक राउत र अन्यलाई सैनिक हिरासतमा यातना दिएको उजूरी

गरेको आधारमा बेलायती सरकार कर्णेलमाथि मानवताविरुद्धका अपराधी मानेर कडा रुपमा प्रस्तुत भएको हो।
गत फागुन २९ गते संसदीय समितिले कर्णेल कुमार लामालाई नेपालमै फर्काएर कारवाही अगाडि बढाउन निर्देशन दिएको थियो। तर, बेलायतले नेपालको फर्काउने अनुरोधवारे चुप्पी साधेको छ। तर गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न

रुद्र आचार्यलाई बेलायतमै बस्ने, काम गर्ने सुविधा दिइरहेको देखिन्छ। अहिले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन भइसकेको छ। द्वन्द्व समाधान र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन संविधान निर्माण कार्य अगाडि बढिरहेको छ।

यी सबै परिस्थिति बुझाएर कर्णेल कुमार लामालाई नेपालको सुपुर्दगी गराउने कूटनीतिक प्रयास भइरहेको छैन। र, नेपाल र बेलायतवीच विशिष्ट सम्बन्ध कायम रहेकाले पनि नेपाली सेना र नेपाल सरकारले कस्सिएर कडिकडाउ रुपमा अगाडि सर्ने हो

भने कुमार लामा बेलायतमा बन्दी भइरहनु पर्ने र नेपाल सरकारको करोडौं रकम वकालतमा खर्च गरिरहनु पर्ने छैन भन्छन् विज्ञहरु। यही स्थिति कायम रहिरहनु सबैका लागि नांगो तरवारका रुपमा रहनु हो।