Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राप्रपा पनि राप्रपा नेपाल बन्ने

०२ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

राप्रपा नेपाल र राप्रपा एकीकरण अभियान सम्पन्न हुनै लागेको छ। राप्रपालाई राप्रपा नेपाल स्वीकार भएको छ। सूर्यबहादुर थापा, पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दजस्ता नेताहरुले चलाएको राप्रपा, कमल थापाको नेतृत्वको राप्रपा नेपालमा

एकीकृत हुनु लागेको खबर राजनीतिमा ठूलै घटना मानिएको छ। आँधी चल्यो, आँधी। किन यी दुई भिन्न भाई एकै हुनलागे? कांग्रेस, एमाले र माओवादी, मधेसवादीभित्रसमेत आँधी चलेको छ। ठूला चारशक्तिवीच झगडा चर्किरहेका बेलामा राप्रपा र

राप्रपा नेपालको एकीकरण भइहाल्यो भने राजनीतिले यू टर्न लिन्छ भन्ने विश्लेषण हुनथालेको छ। सत्ता समीकरण बदलिन लागेको संकेतका रुपमा पनि यो एकीकरण वार्ता अभियानलाई लिइएको छ। कमल थापाको नेतृत्वलाई सकारेर राप्रपा र

राप्रपा नेपालको एकीकरण भयो भने राप्रपाको १३ र राप्रपा नेपालको २५ सहित ३८ सभासदको पार्टी बन्न जानेछ यो एकीकरण। हेर्नु यत्ति छ कि राजनीतिका माहिर खेलाडीहरुको यो एकीकरणले कस्तो गुल खिलाउने हो?