Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कानुन पालना गर भन्दा अश्रुग्यास

१९ सोमबार , चैत्र २०७४८ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
चैत १४ । आफ्नो सरकारलाई कानुनको पालना गर, न्याय देउ भन्दा नसुनेपछि आफ्ना कुरा सुनाउन नागरिक सडकमा उत्रिएर शान्तिपूर्ण नारा लगाइरहदा ओली सरकार प्रहरी दमनमै उत्रियो, नागरिकमाथि पानीका फोहरा बर्सायो, लाठीचार्ज गर्‍यो, महिला, बुढामाथि निन्दनीय तरिकाले दमनचक्र चलायो ।
काठमाडौं उपत्यकामा सडक विस्तार, फास्ट ट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु सडकमा उत्रिएर सरकारलाई मर्का सुनाउँदै थिए, सरकारले सुन्न चाहेन । माइतीघरबाट बानेश्वरसम्म र्‍याली प्रदर्शन गरेर जनताको आवाज सुनाउने नागरिकहरुमाथि सरकारले राक्षसी पारा देखायो । नागरिकप्रति प्रतिवद्ध छु भन्ने सरकारले प्रतिवद्धताविपरित प्रहरी हस्तक्षेप गरायो । ज्यादतिमा उत्रियो ।
प्रदर्शनकारीले ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा पहिचानलाई रक्षा गर्नुपर्ने, जनतालाई विस्थापित बनाउने गरी बनाइएको मापदण्ड खारेज गर्नुपर्ने, संविधानको धारा २५ र ३७ विपरीत हुने गरी पीडित र प्रभावितसँग मञ्जुरी नलिइ सडक विस्तार र नागरिकलाई दीर्घकालीन प्रभावपार्ने कुनै काम नगर्न माग गरेका थिए, त्यतिबेला गणपतिलाल श्रेष्ठ, श्यामकृष्ण प्रजापति, पवित्र कसा, विष्णुभक्त महर्जनआदिलाई पक्राउ गरिएको थियो । सरकारले यसरी दमनमा उत्रिएपछि सरकारको गलत नीतिबाट प्रभावित पीडितहरु आक्रोसित बन्न पुगेका छन् । ओली सरकार के गरेको यो ?