Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

कौवाको बथानमा बकुल्ला

०२ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

 नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संविधानसभामा कौवाको बथानमा बकुल्लाजस्ता देखिन्छन्। यी दुबै नेता चरित्रका दृष्टिले स्वच्छ मानिन्छन्। कहिले पनि लाभको पदमा नबसेका र सधैं राष्ट्र र

जनताका कुरा गरेर नथाक्ने यी दुबै 'बकुल्ला' अहिले पनि संघीयता र धर्मनिरपेक्षता जनआन्दोलनको माग र जनादेश होइन भनिरहेका छन्। यिनले जतिसुकै घोक्रो सुकाएर कराए पनि कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी सुन्न र मान्न तैयार छैनन्।

दुबै नेता नेपालको राजनीति दिल्लीबाट सञ्चालन भइरहेको आरोप लगाउँछन् र संविधानसभालाई भेडीगोठ भन्ने गर्छन्। हुन पनि भेडीगोठभन्दा पृथक देखिएन संविधानसभा। ठूला चार शक्तिका नेताहरु वार्ता, सहमतिभन्दै विवाद गरिरहेका छन्,

अधिकांश सभासदहरु सुती सुती आएको तलव, भत्ताको जाउलो लुड्याइरहेका देखिन्छन्। किन वार्ता हुनसकेन, सहमति किन रोकियो, हामीलाई संविधानसभामा भूमिका खोई? संविधानका अन्तरवस्तुमा संविधानसभामै छलफल गराइयास् भन्न

सक्दैनन् सभासदहरु। एक्लो बृहस्पतिका रुपमा यी दुई नेता चिच्याइरहेका छन्, संघीयताले देश टुक्रा पार्छ, आत्मनिर्णय सहितको एक मधेस एक प्रदेशले देश खण्डित हुन्छ भनेर चिच्याइरहेका छन्। यति पाका नेताहरुको कुरा सुन्न ठूला दलहरुलाई

फुर्सद छैन। यिनीहरुसँग आवश्यक जनादेश छैन, जनादेश भएका सुन्दैनन्। गर्ने के?