Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

१४ गते अन्तिम रुप

१२ सोमबार , चैत्र २०७४८ बर्ष अगाडि

काठमाडौं । चैत ११ मा बसेको पार्टी एकताको बैठकले १४ गते अन्तिम निर्णय लिने बतायो । सहमतिको प्रयासमा भएको यो महत्वपूर्ण मानिएको बैठकमा एमालेबाट माधव नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, रघुजी पन्त र माओवादी केन्द्रबाट पम्फा भुसाल, शक्ति बस्नेत, नारायणकाजी श्रेष्ठ र देव गुरुङ रहेका थिए । 
बैठकपछि नारायणकाजीले आन्तरिक राजनीतिक प्रतिबेदन र बैचारिक राजनीतिक बिषयमा बनेको कार्यदलले बनाएको उपसमितिले बिभिन्न बिषयमा मस्यौदा प्रस्ताव तयार गर्‍यो । त्यो प्रस्तावमा आज त्यो मस्यौदा प्रति गम्भिरपूर्वक छलफल भयो । छलफल पछि हामीले १४ गते त्यसलाई अन्तिम रुप दिने निर्णय गरेका छौ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली यतिखेर छिटो पार्टी एकीकरण हुनुपर्ने पक्षमा उभिएका छन् । यसैवीच प्रधानमन्त्री भारत भ्रमणमा जाने भएकाले एकीकरण फर्केपछि मात्र घोषणा हुनसक्ने आँकलन विश्लेषकहरुको रहेको छ ।