काठमाडौं । निधारमा टीका र गलाभरि माला लगाएर हिन्दुत्वको खोल ओढेका गृहमन्त्री रामबहादुर थापाले गाईगोरु काट्न पाइउनुपर्छ भन्ने तामाङ घेदुङको माँगबारे मुख खोलेका छन् र भन्छन्– ओली सरकारले गाई काट्न पाइने कानुन ल्याउने छ ।
आफूलाई उपसभामुख, सांसद, नेताहरुले ध्यानाकर्षण पत्र दिन आएका अवसरमा गृहमन्त्रीले यस्तो सनसनीपूर्ण आश्वासन दिएको दावी एक तामाङ सदस्यको छ । जो भेट्न गए ती माओवादी केन्द्रका थिए भने गृहमन्त्री पनि माओवादी केन्द्रकै नेता हुन् ।


