Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

जो मर्न तैयार भयो, उसैको खोइरो ?

१६ बुधबार , फाल्गुण २०७४८ बर्ष अगाडि

वाशुदेव वाग्ले -
डा.गोविन्द केसीको नागरिकतामा जन्ममिति फरक पर्‍यो भनेर एकथरिलाई खुब रमाइलो भएको छ । खुब खिसीट्यूरी गरिरहेका छन् । जसले आफ्नो ज्यान जोखिममा राखेर राष्ट्रको स्वास्थ्यनीति सुधार गर भन्यो, उसैको खोइरो ? योभन्दा संवेदनहीनता अरु के हुनसक्छ ? गोविन्द केसीले कुनै पद माँगेका छैनन्, सिधै आफ्ना प्रमाणपत्र र नागरिकता सार्वजनिक गरिदिएका छन् । यति हिम्मत कसले गर्नसक्यो ? देशको प्रधानन्यायाधीशले गर्नसके ? अनि गोविन्द केसीको खोइरो खन्ने ? एक विद्वानले लेखेका छन्– ख्ष्तब िकतबतष्कतष्अक को चलन नै नहुंदा, नागरिकतामा जन्ममिति नखुल्ने, शैक्षिक प्रमाणपत्रमा हचुवामा जन्ममिति राखिने चलन भएको बेला २–४ महीना जन्ममिति फरक परेको कुरामा एउटा राष्ट्रिय मुद्दाका लागि  मर्न तयार त्यागी ब्यक्तिको चरित्रहत्या प्रयासलाई निन्दनीय भन्दा फरक पर्दैन ।
डा.केसीले सरकारले दिएका सबै प्रमाणपत्र र नागरिकता सार्वजनिक गरिदिएका छन् । उनका दुईचारवटा नागरिकता अथवा दुईचारवटा प्रमाणपत्रमा जन्ममिति फरक परेको होइन । चारीत्रिक प्रमाणपत्र र न ागरिकतामा फरक परेको हो । फेरि उनी कुनै ठूलो पद चाहियो भनेका छैनन् । उनको माँग देशको स्वास्थ्य नीति बनोस्, नीतिले मेडिकल शिक्षा चलोस्, विधि स्थापित होस् भन्नेमात्र छ ।
यस्ता व्यक्तिको आलोचना ठीक विषय होइन । डा.गोविन्द केसीको माँग आमनागरिकको माँग हो । आमनागरिकको माँग हित अघि सार्ने व्य िक्तलाई अखानो पारेर मेडिकल माफियाले दुनो सोझ्याउन खोजेका छन्, जुन सावधानीको विषय पनि हो । दुनियाँ केसीले हँसाए कि माफियातन्त्रले ? यो गम्भीर विषय हो ।