Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

राजधानीमा ब्यूटिफुलको हंगामा

२९ सोमबार , माघ २०७४८ बर्ष अगाडि

काठमाडौं । देशका अन्य भाग मरिरहुन्, दु:खपडा, छटपटीमा परिरहुन् तर राजधानी, काठमाडौं मस्तीमा छ, मजामा छ, रमाइलोमा छ । यस्तै रमाइलो कार्यक्रम हो मिस ईकलेज २०१८ । प्रतिभा खोज्ने कि फेसन र ब्यूटिफूल देखिने, देखाउने ? राजधानीमा ब्यूटिफूलको हंगामा जारी छ ।
कलेजमा अध्ययनरत टिनएज ठिटीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पुर्‍याउने र समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन युवतीहरुलाई प्रोत्साहन, सहयोग गर्ने उद्देश्यले यसतो कार्यक्रम निरन्तर गरिएको आयोजकको दावी छ । फागुन ५ गते शनिवारको दिन यो प्रतियोगीताको अन्तिम प्रतिष्प्रर्धा काँडाघारीमा हुनेछ ।
जो विजयी हुन्छ, उसले मिस ईकलेज २०१८ को ताज एकलाख ८० हजार पर्ने यामाहा रेजी स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको 
छात्रवृत्ति, नेपाल एयर होस्टेज एकेडमीको तर्फवाट २५ हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य उपहारहरु पाउनेछन् ।
फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनरले मोवाइल फोन साथै १ वर्षको छात्रवृत्ति र अन्य उपहार प्राप्त गर्ने छन् । साथै विजेता ३ जनाले ५ दिनको वैंकक पटाया भ्रमणको अवसर पनि पाउनेछन् । यस बाहेक अन्य विभिन्न १८ विधामा पनि सव टाइटल दिइनेछ । २९ जना प्रतियोगीहरुले कमलादीस्थित सिडव्लु पार्टी प्यालेसमा आइतबार आफ्नो प्रतिभा देखाएका थिए ।
प्रतिभा देखाउनेहरुमा सृजना लामा, रोजीना केसी, सोफीया श्रेष्ठ, मनिषा वराइली, रोजनी मर्हजन, सृजना लामा, अपेक्षा ढुङाना, करुना गुरुङ, आङ डामु सेर्पा, आसा लिम्वु, पासाङ लामु शेर्पा, काजोल तामाङ, सविता लामा, उर्मीला गोले, पेमा लामा, प्रविना कपाली,रविना तामाङ, अलिसा श्रेष्ठ, सन्ध्या थापा, अन्जना हमाल अदिले छमछमी नाचेर आफ्नो कला देखाएका थिए ।
निर्णायक मण्डलमा कल्व उड्ल्याण्डमा म्यानेजीङ डाइरेक्टर श्रवण कुमार कुवर, सिम्रिक यएर लाइन्सकी चिफ क्याविन क्रयू अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१५ की विजेता नितिका कर्मचार्य, मिस इकलेज २०१७ की सेकेन्ड रनरअप युनीता खत्री रहेका थिए ।