Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

यो चेतना अझै फैलिनुपर्छ

१५ सोमबार , माघ २०७४८ बर्ष अगाडि

देश ढले हामी पनि त ढल्छौं । यो चेतना अझ फैलिनुपर्छ । २३ जिल्लाका ७१ स्थानमा भारतले सीमा अतिक्रमण गरेको छ । नेताहरु भारतीय दूतावासमा पुगेर भोजभत्तेर खाइरहेका छन् । आमाको बलात्कार गर्नेको घरमा गएर आमाका छोराछोरीहरु भत्तेर खाँदैनन् । बलात्कारीलाई खबरदार गर्नुपर्नेमा हाम्रा जनप्रतिनिधिहरु लाम कसेर भारतीय दूतावास जान्छन् र भत्तेर खाएर फर्कन्छन् । यता आमाहरु देश ढले हामी पनि त ढल्छौं भनेर सूचना पाटी देखाइरहेका छन् । यी आमाले दिएको शिक्षा ग्रहण गर्ने कि नगर्ने ? गाउँपालिकादेखि केन्द्रीय सांसदसम्मले यो सूचनाको गरिमा र मर्म बुझेर अघि बढेनन् भने खतरा छ है ।