Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

युएस एडमा भवानी राणाको भोजन

२४ सोमबार , पौष २०७४८ बर्ष अगाडि

काठमाडौं । सुरज बैद्यले लाख प्रयत्न गरेर २६ वर्षअघि सुरु गराएको नेपाल उद्योगवाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र अन्तर्गतको एक गाउँ एक उत्पादन, एक जिल्ला एक उत्पादन कार्यक्रमको युएस एड, कृषि मन्त्रालयको बजेटमा विदेश घुम्ने, पार्टी र डिनर खाने कार्यक्रममा दुरुपयोग गरेपछि युएसएडले आपत्ति प्रकट गरेको छ र कृषि मन्त्रालयले महासंघसँग यो कार्यक्रममा सम्बन्धसमेत तोडिदिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा समेत कृषि उद्यम केन्द्रको बजेट दुरुपयोग गरेकोमा अमेरिकी दूतावासले समेत नाखुसी 
जनाइसकेको छ । यसबारेमा छानबिन हुनुपर्ने र भ्रष्टाचार गरेको रकम हालकी अध्यक्ष भवानी राणासँग उठ्ती गरी कृषि उद्यममै लगाउनु पर्ने माँग महासंघभित्रैबाट समेत उठेको छ । उजुरीसमेत गरिएको छ तर छानबिन नभएको र महासंघसँग सम्बन्ध नबिग्रियोस् भनेर सरकार र सम्बन्धित नियमनकारी निकायलेसमेत मौन बसेको अवस्था छ ।
कृषि उद्यम केन्द्रलाई निजी स्वार्थमा प्रयोग गर्ने, आफन्त भर्ति केन्द्र बनाउने र खरिदमा सिधै १० प्रतिशत कमिशन चाहिन्छ भनेर अध्यक्ष भवानी राणाले नियम नै बसालेको केन्द्रका एक कर्मचारीले बताएका छन् ।
त्यसो त कतिपय सुपारी लगायतका बस्तुमा निर्यात अनुमति पत्र दिने विषयमा बर्षौंदेखि तत्कालीन अध्यक्ष पशुपति मुरारका र हालकी अध्यक्ष भवानी राणाले सिण्डिकेट नै खडा गरेका छन् र अहिले पनि निकासी दिने अनुमतिमा कमिशन कुम्ल्याइरहेका छन् ।
केही व्यक्तिले गुठी बनाएका कारण पनि महासंघभन्दा नेपाल उद्योग परिसंघतिर उद्यमी व्यापारीहरु आकर्षित हुनथालेका छन् । त्यसो त नेपाल उद्योग परिसंघ महासंघ छाता संगठन भए पनि प्रभावशाली रुपमा सम्मान कमाउन सफल भइसकेको छ । कृषक र कृषि उद्यमलाई सहयोग पुर्‍याउने योजनामा समेत र्‍याल काढेर चाट्न पल्केका नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले अरु के मात्र खान बाँकी राखेका होलान् र ?