Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

सेरेमोनियल राजतन्त्र आउला

१८ सोमबार , मंसिर २०७४९ बर्ष अगाडि

निर्वाचनपछि नेपाली कांग्रेसको सरकार बन्ने र यही सरकारले सेरेमोनियल राजतन्त्र अर्थात एकताको मौलो ठड्याउने छ भन्ने चर्चा राजनीतिभित्रको राजनीति बुझ्नेहरुले बताउन थालेका छन् ।
एकताको प्रतीक नभएर थिति नबसेको भन्ने तर्क उठिरहेको स्थिति र राजतन्त्र तथा हिन्दुराष्ट्रलाई कायम गर्नैपर्ने बाध्यात्मक परिस्थितिले गर्दा पनि सेरेमोनियल राजतन्त्रको चर्चा बढेको हो ।
हुन पनि आजका दिनमा लोकतन्त्र हाँक्ने नेताहरु, पार्टीहरु र ओपियन क्रियटरहरु धेरै देखिएका छन् । तर एउटा पनि विचार अथवा व्यक्ति राष्ट्रले विश्वास गर्न लायक देखिएका छैनन् । सबै बिबादित छन्, खण्डित र व्यक्ति वा पार्टी स्वार्थमा लिप्त रहेका छन् । जसका कारण अनेकतालाई एकतामा जोड्ने कडी खुस्किएको छ र थरि थरिका विचार र जाति, भेग र भाषाले समस्यामाथि समस्या थपेका छन् । सबैलाई जोड्ने जोडनको खाँचो देखेरै नेपाली कांग्रेस वीपीको प्रजातन्त्र, राष्ट्रियता र समाजवादतिर फर्कन लागेको अनुभूति भइरहेको छ र चारतारे झण्डको एउटा तारा सेरेमोनियल राजतन्त्रलाई मान्ने भित्री तैयारीतिर लागेको छ । हुन पनि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी महासचिव सशांक कोइराला, नेता शेखर कोइरालादेखि राजतन्त्रको धुवाँधार बिरोधी रहेका भाते पाठशालामा पढेर नेता बनेका रामचन्द्र पौडेलसम्म पनि सेरेमोनियल राजतन्त्र राख्नैपर्ने विचारमा एकतावद्ध हुनथालेको खबर छन् । नेपाली कांग्रेस वीपीवादमा फर्कियो भने प्रजातान्त्रिक धार बलियो हुनेछ ।