Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

अमेरिकी दूतावासको सहयोगमा ९ उद्यमी ग्लोबल समिटमा

११ सोमबार , मंसिर २०७४९ बर्ष अगाडि

अमेरिकी दूतावासको सहयोगमा ९ उद्यमीले हैदरावादमा हुने ग्लोबल ईन्टरप्रेनियरशीप समिटमा भाग लिने अवसर प्राप्त गरेका छन् । यो समिट मंसिर १२ देखि १४ गतेसम्म हुनेछ । विश्वका २ सय देशका युवा उद्यमीलाई सहभागी गराईने उक्त कार्यक्रममा नेपालबाट युवा उद्यमीहरुका साथै केही लगानीकर्ता समेत सहभागी हुने अमेरिकी दूतावासले जनाएको छ ।
समिटमा भाग लिने जानेहरुमा दिवेश कर्माचार्य, अभिषेक मल्ल, सुमन शाक्य, साजल प्रधान, शिवजन चौलागाईं र विदूती न्यौपानेले नेपालमा उद्यम गर्दा भोग्नु परेका कठिनाई, नीतिनिर्माण तहबाट भोगेका समस्याहरु र आफूले सञ्चालन गरेका उद्यमको अवस्थाबारे राजधानीमा प्रस्तुती दिएका थिए । यो प्रस्तुतीमा दुतावासका कार्यबाहक राजदूत माईकल गोन्जालेज, परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई र तारा ओरियन्टिएल मृदुला राजभण्डारी निर्णायक थिए ।
युवा उद्यमीहरुले आफ्नो प्रस्तुतीमा सहभागिहरुले नेपालमा विदेशी लगानी ल्याउन सहज नभएको, कृषि उत्पादन गर्ने किसान भन्दा बिचौलियाले मात्रै नाफा लिने गरेको, ग्रामिण भेगमा खपत हुने सोलारमा ३० प्रतिशत कर लिने गरेको र नयाँ ठूला भवन बनाउँदा जमिन मुनीको पानीको अत्यधिक स्रोत दोहन गरेको लगायत बिषयमा सरकारको ध्यानाकर्षण समेत गराए ।
नेपाल सरकारले वैदेशिक लगानीलाई आग्रह गरिरहे पनि किन लगानी भित्रिएन भन्ने विषयमा यो प्रस्तुतीले यथार्थ उजागर गरेको थियो । यो प्रस्तुतीलाई नेपाल सरकारका नीतिनिमतिाहरुले सुन्नैपर्ने अनुभव गरिएको थियो ।