Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

वीरगञ्ज भन्सारमा प्रतिट्रक ५ हजार

११ सोमबार , मंसिर २०७४८ बर्ष अगाडि

काठमाडौं । सेवन्तक पोखरेल भन्सार हाकिम, उनले कर्मचारीहरुलाई छुट दिएका छन् र कर्मचारीहरु भारतीय अत्यधिक लोड बोकेर आएका ट्रकहरुलाई प्रतिट्रक ५ हजार असुलेर छाडिरहेका छन् र नेपाली व्यवसायीलाई धरासायी बनाइरहेका छन् । देशको व्यवसाय सखाप पारेर आफू हँसिलो, ह्ष्ठपुष्ठ हुने भन्सार हाकिमलाई नियमन बगर्ने कसले ?
पैसा हेरेर जाँचपास दिइन्छ, यिनले रेट बसालेको कुरा भन्सारका कर्मचारी नै बताउँछन् । अत्यधिक भार बोकेका सवारी साधनलाई छाड्ने नियम छैन तर रेटअनुसारको शुल्क खल्तीमा आएपछि यिनले कर्मचारीहरुलाई जाँचपासमा कडाइ नगर्न आदेश दिएका छन् ।
वीरगञ्जका मारवाडी व्यापारी र काठमाडौंमा अड्डा जमाएर बसेका माफिया, तस्करहरुले वीरगञ्ज भन्सारलाई महिनाको एकदिन भाडामा लिएको चर्चा व्यापक छ । त्यसदिन भन्सार यति खुकुलो पारिन्छ कि अवैध इधरका सामान उधर, उधरका सामान इधर सहजै गर्ने गरिन्छ । यसका लागि त्यस दिन ५० लाखसम्म आम्दानी हुने र त्यो आम्दानी माथिसम्म पुर्‍याइने बताइन्छ । माथि भनेको कहाँसम्म हो ?
व्यवसायीहरु भन्छन्– भन्सारबाट व्यापक रुपमा अवैध, अनियमित र गैरकानुनी काम भइरहेका छन् । खासगरी सरकारले नै १२ चक्के गाडीलाई २१ टन, १० चक्के गाडीलाई १७ टन, ६ चक्के गाडीलाई १० टन र १४ चक्के गाडीलाई २५ टन मात्र बोक्नसक्ने कानूनी व्यवस्था गरे पनि भारतीय नम्बर प्लेटका गाडीले ४० टनसम्म समान ल्याउँदा पनि भन्सार काट्ने गरेको यातायात व्यवसायी संघ सिमरा बाराका महासचिव शंकरकुमार विष्टको आरोप लगाएका छन् ।
भन्सारले बढी भार भएको मालवाहक सवारीसाधनलाई नियमविपरीत छोड्ने गरेकाले नेपाली ट्रक व्यवसायी मारमा परेका छन् । भार बढी भएका सवारीसाधन धमाधम भारतबाट नेपाल भित्रिनाले मारमा परेको गुनासो गर्दै ट्रक व्यवसायी युवराज न्यौपाने भन्छन्– भन्सार कार्यालयको अवैध कामका कारण समयमा बैंकलाई ऋण चुक्ता गर्न नसक्दा हाम्रो यातायात व्यवसायमा भएको लगानी डुब्दैछ ।
छन त भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव पनि छन् तर उनका अनुसार भन्सार कार्यालयले ट्रकको क्षमतालाई भन्दा सामानलाई बढी महत्व दिने गरेको बताउँछन्  । ँभारक्षमता हेर्ने जिम्मा सडक विभागको हो,भन्सारको होइन भन्दै उनले सडकतिर जिम्मेवार पन्छाउने गरेका छन् ।