Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

आँखाका डाक्टर नेपालका सम्पदा

०४ सोमबार , मंसिर २०७४९ बर्ष अगाडि

पदम हमाल -
आँखाका डाक्टर सन्दुक रुइत नेपालका सम्पदा बनेका छन् । उनको प्रशंसा अव अमेरिकीहरु पनि गर्न थालेका छन् । अमेरिकाको चर्चित पत्रिका न्यूयोर्क टाइम्स लेख्छ– नेपाली डाक्टर सन्दुक विश्वकै दुर्लभ आँखा डाक्टर हुन् ।
पत्रिकाका अनुसार डाक्टरले काम गरिरहेको वेला हेरिरहंदा चमत्कार भए जस्तै लाग्छ, यो वाक्य पुलित्जर पुरष्कार विजेता न्यूयोर्क टाइम्सका चर्चित पत्रकार निकोलेस क्रिस्तोफले नेपालका प्रसिद्ध आँखा डाक्टर सन्दुक रुइतका वारेमा लेखेका हुन् । द न्यूओर्क टाइम्स सन्डे रिभ्युमा निकोलसले पशुपति मन्दिर नजिक बाग्मती किनारमै रहेको तिलगंगा आँखा अस्पतालका निर्देशक डा सन्दुकको क्षमता विश्वमै दुलर्भ भएको भनेका छन् । सन् २००६ मा फिलिपिन्सले दिने प्रसिद्ध पुरष्कार रमन म्याग्सेसे पुरष्कार विजेता डा सन्दुक विश्व विख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सा पद्धती रुईतेक्टोमीका आविष्कारकर्ता हुन् ।
नेपालमा र नेपालीमा के छैन, तर राजनीतिले यी सब कुरा चिन्नै सकेन । राजनीतिकर्मीले देखेको सत्ता, शक्ति र सम्पत्तिमात्र हो । राजनीति गर्न सके सम्पन्नता पाइन्छ भन्ने भोकले राजनीतिलाई माफियाकरण गरिदिएको छ । यसरी देशका प्रतिभाहरु पलायन भइरहेका छन् । कैयौं प्रतिभाहरु अमेरिकाको नासामा काम गरिरहेका छन् । होनहार प्रतिभाहरुलाई पलायन हुन बाध्य पार्ने राजनीति अपराधीकरण भएको छ र यो अपराधको भार नेताहरुको टाउकोमाथि छ । अझै पनि नेताहरु देश विकासको डंका पिटेर क्षमता र दक्षतालाई पलायन हुन बाध्य पारिरहनु भनेको राजनीतिको सबैभन्दा ठुलो हार हो भन्न सकिन्छ ।