अख्तियारले भ्रष्टहरुको सूची तैयार गरेर निगरानी बढायो । केही व्यक्तिको वैंक लकर र खातापाता निगरानीमा राख्न राष्ट्र बैंकलाई निर्देश पनि गर्यो तर सूचना यसरी लिक भयो कि भ्रष्टहरु भाले भए, अख्तियार फुस्सा ।
अख्तियारले सुरु गरेको सम्पत्ति छानविन तथा अनुसन्धानको दायरामा कोको छन्, यसबारेमा भ्रष्टहरुलाई जानकारी भइसकेको छ र उनीहरुले आफू कसरी सुरक्षित हुन्, अख्तियारले समात्ने प्रमाणहरु नष्ट गर्ने भनेर लागिपरेका छन् । आशंका छ, अख्तियारबाटै सूचना चुहिएको छ र भ्रष्टहरुलाई उम्काउने मेलो मिलेको छ ।
खासगरी ठूला भ्रष्टहरुमा ५१ जना परेका छन् र ती कर्मचारीको लकर रोक्का छ । यसरी भ्रष्टाचारमा मुछिएका मुख्य दोषीहरुमा सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक कोषरात वन्त, एसएसपी चिरञ्जीवी अधिकारी, एसपी श्यामकाजी कुवर, गोपीमान श्रेष्ठ, नेपाल प्रहरीका पूर्व डिआइजी प्रतापसिंह थापा, रमेश विक्रम शाह, एसपी सञ्जयसिंह बस्नेत र डिएसपी हिराबहादुर गिरी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल, दिपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा, भगवतमानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा छन् । गम्भीर आर्थिक अपचलनमा फोरजी र रिचार्ज कार्डमा झण्डै अर्व कमिशन खाने दूरसञ्चारकी कामिनी फसेकी छिन् ।
खबरअनुसार ऊर्जा मन्त्रालयका मोती कुावर, वैदेशिक रोजगार विभागका भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मी, आयल निगमका वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, विरेन्द्र गोइत, मुकुन्दप्रसाद घिमिरे, सिटिईभिटीका रमेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का, यमप्रसाद भुर्तेल, गृहका उद्धव तिमिल्सिना बझाङ, गोपाल पराजुली रामेछाप, दीपक पोखरेल झापा, यातायात व्यवस्था कार्यालयका विपिनकुमार लाल कर्ण ललितपुर, भिमप्रसाद गौतम इटहरी, कीर्तिवल्लभ पौडेल ललितपुर, राजेश पन्थी ललितपुर, जीवन आचार्य पर्सा, खुसीलाल कर्ण जनकपुर, नापी विभागका सुमन्त झा पर्सा, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका दिनेश श्रेष्ठ (महाप्रबन्धक), राजस्व प्रशासनमा कार्यरत कुलप्रसाद चूडाल ललितपुर, तुलसी सेढाई धरान, धर्मेन्द्र मिश्र बुटवल, इन्द्र ढुंगाना, ऋण असुली न्यायधिकरणका दीर्घराज मैनाली बानेश्वर, विद्युत प्राधिकरणका विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेश्वरलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट, मेडिकल काउन्सिलका अनिलकुमार झा, मनोहर प्रधान, निलमणी उपाध्याय, इन्जिनियरिङग परिषद्का शालिग्राम सिंह, नगरपालिकाका कर्मचारीहरुमा रामबहादुर थापा काठमाण्डौं, साधुराम भट्टराई काठमाण्डौं, बाबुराम गौतम काठमाण्डौं, बद्री खड्का काठमाण्डौं, बसन्त आचार्य काठमाण्डौं, देवेन्द्र पोखरेल काठमाण्डौं, प्रमोद ढुंगाना काठमाण्डौं, उत्तरकुमार रेग्मी काठमाण्डौं, देवेन्द्र डंगोल काठमाण्डौ, नरेन्द्र श्रेष्ठ काठमाडौं, दीपक कोइराला काठमाडौं, गोपाल रेग्मी विराटनगर, सहरी विकासमा कार्यरत कामेश्वरप्रसाद सिंह विराटनगर, सिंचाई मन्त्रालयका कर्मचारी सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ र कृषि मन्त्रालयका लेखनाथ आचार्य, केयुकेएलका रविन्द्र नेपाल, लीला ढकाल, नागरिक उड्डयन प्राधिकरणका त्रिरत्न मानन्धर नि. महानिर्देशक, पुष्यराज शाक्य, कृषि विकास बैंकका सागरचन्द्र जोशी, मालपोत कार्यालयका बद्रीबहादुर कार्की डिल्लीबजार, ठाकुरप्रसाद निरौला झापा छन् । यी सबैले पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अनुसन्धान थालेको हो ।


