Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

विप्लवको रातो क्रान्ति

२७ सोमबार , कार्तिक २०७४९ बर्ष अगाडि

वाशुदेव वाग्ले -
विप्लवको निसानामा चुनावमा उमेदवार बनेका माओवादी नेताहरु छन् भन्ने कुरा अव जगजाहेर भइसक्यो । विप्लवले चुनाव खारेजी नगरे जनविद्रोह गर्ने धम्की नै दिएका छन् । जनार्दन शर्मालाई ताकेर बम पड्काएपछि विप्लव चानचुने तैयारीका साथ विद्रोहको मैदानमा उत्रेका हुन् भनेर मान्न सकिन्न भर्खर विप्लवले एउटामात्र बम पड्काएका छन्, देशैभरि हंगामा उठेको छ, सुरक्षा प्रवन्ध गर्ने शासन समेत हल्लिन पुगेको छ । सुरक्षा कडा पार्ने रणनीतिअ न्तर्गत चुनावी सुरक्षाको तेश्रो घेरामा बसेको सेनालाई समेत सक्रिय पारिएको छ, यसबाट थाहा हुन्छ, गृहमन्त्रालय कसरी आत्तिन पुगेको रहेछ ।
विप्लव तिनै माओवादी हुन् जसले जनयुद्धका बेलामा प्रचण्डको नेतृत्वमा लडाइमा होमिएका थिए । तिनैले चुनावमा लागेका माओवादी पुराना साथीहरुलाई बमको निसानामा पारेका छन् । रोल्पाको माडीमा वर्षमान पुनको गाडीमा माइन बिस्फोट के भयो, यो पनि विप्लव माओवादीकै करामत मानिएको छ ।
यद्यपि नेकपा माओवादीका प्रवक्ता रहेका खड्गबहादुर विश्वकर्माका अनुसार  पार्टीको नीति चुनाव खारेज हो । त्यसका लागि जनप्रतिरोध अभियान चलाइएको छ, आक्रमणको विषयमा हामीले बुझिरहेका छौं । यता वम पड्किन थालिसक्यो, सरकारले विप्लव माओवादीका कार्यकर्ता धमाधम पक्राउ गरिरहेको छ । विप्लव माओवादीले पनि कार्यकर्ता छाड्न भनिरहेको छ । सरकारले सुरक्षा थ्रेट रहेका नेताहरुलाई थप सुरक्षा दिइरहेको छ र चुनाव नबिथोलिने भनेको छ ।
यथार्थ के हो भने यसैगरी बम पड्किने र नेताहरु मर्ने मार्ने स्थितिमा पुग्ने हो भने गृहयुद्ध नहोला पनि भन्न सकिन्न । अहिलेसम्म धनको नास सुरु भए पनि जन र ज्यानको नास भइसकेको छैन । विप्लवको गर्जनअनुसारको चुनाव विथोल्ने र चुनाव हुन नदिने रणनीति हो भने राजनीतिक संक्रमण झन गहिरिनेछ ।