Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

अदालतमाथि प्रश्न

२३ सोमबार , आश्विन २०७४८ बर्ष अगाडि

काठमाडौं । सोज २२ गते । आमरण अनसन बसिरहेका गोविन्द केसीको रगत त्यतिबेला उम्लियो, जतिबेला सर्वोच्च अदालतले आयल निगमका कार्यकारी गोपाल खड्कालाई बर्खास्त नगर्नु भन्ने आदेश जारी गर्‍यो ।
केसीले वक्तव्यमार्फत भनेका छन्– न्यायाधीशहरुलाई जवाफदेही बनाउन नागरिकले सक्रिय कदम चाल्ने बेला भयो । न्यायालयको
 गरिमा जोगाउन तथा त्यसलाई भ्रष्टहरुको अखडा बन्नबाट रोक्न सत्याग्रहसहित जस्ता सुकै कदम चाल्न तयार छु । केसीको दावी छ– देशमा लुटतन्त्रको पराकाष्ठा हो यो । केसीले खड्कासहित भ्रष्टाचार गर्ने पदाधिकारी र उनका संरक्षकहरुमाथि छानविन गरेर कारबाही गर्न माग गरेका छन् । साथै हालै भएको शिक्षा ऐनको संशोधन खारेज गर्न पनि माग गरेका छन् ।