Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

२१८ नंबर बेडकी बालिका

१८ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

५ लाख बालबालिकाले विद्यालय देख्दैनन्, राजधानीमै १० हज ार बालबालिका विद्यालय जाँदैनन्। खासगरी बालिकामाथि पराईको खतरा छ, आफन्तजन बढी खतरनाक भएर निस्किएका छन्। प्रहरी रिपोर्ट भन्छ: आफन्तबाट बालिका बलात्कार

बढेको छ। माष्टरले विद्यार्थीमाथि यौन शोषण गर्न थालेका छन्। पोखराममा हालै ५५ वर्षका माष्टर लक्ष्मण खवासले १४ वर्षकी ८ कक्षाकी विद्यार्थीमाथि यौन शोषण गरे, मुद्दा प्रहरीमा पुगेको छ। यी माष्टर खवासले पहिले पनि अर्की विद्यार्थीलाई भगाएका

थिए।
र, अहिले ठूलो घटना घटेको छ– यूकेजीकी छात्रा ६ वर्षकी बालिकामाथि। पूजा शाहको बलात्कार भएको छ। कलैया–८ का नारायण शाहकी छोरी पूजालाई फागुन ९ गते साँझ उनको बलात्कार गरेर फोहर फाल्ने ठाउँमा फालिदिएछन्। उनी

कान्ति बाल अस्पतालको सघन कक्षमा मृत्युसँग लडिरहेकी छिन्। प्रधानमन्त्रीले कारवाही गर्छु भनेका छन्, प्रहरीले अपराधी पक्रन सकेको छैन। प्रचण्डले बलात्कारीलाई फाँसी दिनुपर्छ भनेका छन्। २८ वर्षका कन्हैया गुप्ता पक्राउ परेका छन् तर

अपराधको अनुसन्धान रिपोर्ट आउन सकेको छैन। पूजालाई हेर्न दिनदिनै भीड लागिरहेको छ। अधिकारकर्मी पनि गएका छन्। पूजालाई होस आएको छैन, अवस्था चिन्ताजनक छ।