Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

चन्द्रागिरिमा पृथ्वीनारायण शाह

०९ सोमबार , आश्विन २०७४९ बर्ष अगाडि

काठमाडौं, असोज ८ गते चन्द्रागिरि हिल्स पुगेर राष्ट्रपति विद्या भण्डारीले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक अनावरण गरेकी छिन् । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो शालिक ५ फिट ८ इन्च उचाईको छ । मूर्तीकार नविन सुवेदीले कुदेका हुन् । चन्द्रागिरी हिल्सको यो प्रशंसनीय कार्यले नेपालको इतिहासको जगेर्नासमेत भएको छ । चन्द्रागिरि हिल्समा भालेश्वर महादेव र पृथ्वीनारायण शाहको शालिकले चन्द्रागिरि हिल्सको आकर्षण अरु थपिएको छ । यो उद्घाटन समारोहमा नेपालीकााग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्व अर्थमन्त्री डा.रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, सभासदहरु विनोद श्रेष्ठ, सुवाससिंह ठकुरी, प्रेमबहादुर सिंह लगायतले यस ऐतिहासिक स्थलमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरेर इतिहासको संरक्षण र सम्बर्धनका लागि चन्द्रागिरि हिल्स लिमिटेडले प्रशंसनीयकार्य गरेको भन्दै मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
सो अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले छोटै समयमा यो पर्वत काठमाडौं र समग्र देशबासीकै आकर्षक पर्यटकीय एवम् धार्मिक गन्तव्यका रुपमा स्थापित भइसकेको जानकारी दिदै यस क्षेत्रलाई आगामी दिनमा एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने विभिन्न कार्यक्रमहरु रहेको बताएका थिए ।
हिल्सले दिएको जानकारी अनुसार यहााको भालेश्वर महादेव मन्दिरबाट छाटै अवधिमा ६३ लाख, १२ हजार ९५० रुपैयाा भेटि संकलन भएको छ । यसलाई नेपालमै एक पारदर्शी र व्यवस्थित देवस्थलका रुपमा विकास गरी यसबाट उठेको भेटिघाटीलाई व्यवसायिक प्रयोजनमा खर्च गर्ने नभई एक पारदर्शी फण्डका रुपमा संकलन गरी धार्मिक र सामाजिक कार्यमा लगाउने योजना रहेको छ ।