Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

स्थानीयलाई गाडी मन्त्रीलाई कमिशन

०९ सोमबार , आश्विन २०७४८ बर्ष अगाडि

काठमाडौं । ७ सय ५३ स्थानीय तहलाई गाडी उपलव्ध गराउने नाममा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले ३ अर्व ५० करोडको गाडी किन्ने बजेट मागेका छन् । बजेट निकासा हुनेवाला छ र स्थानीय तहलाई गाडी दिन ठूलो कमिशनको खेलको तैयारी चलेको छ ।
गाडी बिक्रेता कम्पनीहरु गच्छदारलाई उपहार र कमिशनको चटनी चटाइरहेका छन् । सेटिङमा गाडी खरिद गरिनेछ र यसमा ५० करोडभन्दा बढी कमिशनको खेल हुने सवारी विक्रेताहरु नै बताउन थालेका छन् । निर्वाचन आयोगको १२ करोडको गाडी टोयोटाले पायो, यो साँढे ३ अर्वको गाडीको ठेक्का कुन कम्पनीले पाउला, दलालहरु निकै सलबलाएका छन् ।