Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

को को रहेछन् माफिया मतियार ?

२६ सोमबार , भाद्र २०७४९ बर्ष अगाडि

काठमाडौं । अनुगमनमा फेरि प्रमाणित भयो, काठमाडौं नेशनल मेडिकल कलेजमा रित्ता बेड थिए, विरामी शून्य, अन्य भौतिक पूर्वाधार केही पनि थिएनन् । निवासका लागि कालिकास्थानमा बनाइएको यो अपार्टमेन्टमा बोर्ड थियो, मेडिकल कलेजमा चाहिने केही पनि थिएन । यस्तो कलेजलाई सम्बन्ध किन, कसले र कसरी दिइयो होला ?
यद्यपि जनस्तरको तीब्र दबाब, डा.गोविन्द केसीको अनसन र प्रधानमन्त्रीको आदेशपछि पहिले स्थगत गरियो र पछि सम्बन्धन खारेज भयो । खारेज हुनुभन्दा पनि मेडिकल शिक्षामा जुन खेलबाड भइरहेको छ, ती खेलबाड गर्ने माफियाका मतियार चिन्नु र तिनीहरुमाथि कारवाही हुनुपर्छ कि पर्दैन होला ?
यो मेडिकल कलेजलाई सम्बन्ध दिनेमा त्रिविका उपकूलपति, मेडिकल काउन्सिल, चिकित्साशास्त्र अध्ययन संस्थानलगायतका  सम्बन्धित अन्य पदाधिकारीहरुमा रामप्रसाद खतिवडा, राजेन्द्र पौडेल, प्रा. हरि पराजुली, डा.शशी शर्मा, डा. अनिल झा, डा.सरोज श्रेष्ठ, डा.करवीरनाथ योगी, डा.केपी सिंह, डा.प्रमोदकुमार श्रेष्ठहरुको प्रत्यक्ष हात रहेको छ ।
यी पदाधिकारीहरुको नैतिकता र यिनले सेवा प्रवेश गर्दा खाएको सपथले यिनलाई यस्तै गलत काम गर्न प्रेरित गरेको हो कि दलाली खाने महारोगले समातेको हो ? सबैलाई थाहा छ, यिनले घूस खाएर यति गम्भीर भूल गरेका छन् । सम्बन्धन खारेज भयो, तर माफियाका मतियारलाई कुनै कारवाही भएन । अहिले यिनले माफी पाएका छन्, फेरिफेरि यस्तो गलत र जनविरोधी काम गर्दैनन् भन्ने ग्यारेण्टी के छ ? त्यसैले यस्तो माफियाका मतियारलाई कारवाही
 हुनुपर्छ भनेर सर्वसुलभ मेडिकल शिक्षाको वकालत गर्नेहरु भनिरहेका छन् । ११ पटक आमरण अनसन बसेर डा.गोविन्द केसीले जुन सर्वसुलभ मेडिकल शिक्षाका लागि योगदान गरेका छन्, त्यसलाई असफल पारेर मनपरी मेडिकल शिक्षाका नाममा ठगी गर्न चाहने माफियाहरु सलबलाइरहेकै छन् । सरकारले किन्छु भन्दा पनि मनमोहन मेडिकल कलेज बेच्न तैयार नहुने र जसरी पनि मेडिकल कलेज चलाउन तैयार हुनेहरु सहकारीको साइनबोर्ड झुण्ड्याएर पनि अग्रसर भएका छन् । योभन्दा खेलाची अरु के होला ?