Advertisement Banner
Advertisement Banner

०१ आइतबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

राप्रपा नै हो राजतन्त्रवादी

०५ सोमबार , भाद्र २०७४८ बर्ष अगाडि

बिसन्तर शाक्य -
 राप्रपा विभाजित हुने र एकीकरण हुने तमासा बेला बेलामा हुनेगरेको छ । यसपटकको राप्रपा बिभाजनमा पशुपति शमशेर राणा अग्रपंक्तिमा देखिए, उनले पार्टी विभाजन गर्ने बित्तिकै यसको दोष कमल थापालाई दिए कि कमल थापाले राजतन्त्र र हिन्दुत्वको सिद्धान्तलाई सत्ताकोलागी बेचे । पार्टीलाई एकलौटी बनाए आदी इत्यादी । 
 प्रश्न कमल थापाले के गरे भन्दा पनि पशुपति राणा को थिए र उसले के गरे र के गर्छ भन्ने विषय नै हो । किनकी कमल थापालाई जतिसुकै राजा र धर्म विरोधी भनेर आरोप लगाए पनि कठिन परिस्थितिमा राजा र धर्मको नाम लिने र यसको वकालत कमल थापाले नै गरेको हो । यो कुरालाई बिर्सनु हुँदैन । अहिले कमल थापाबाट सत्ताकोलागी जे गरे पनि उ राजावादी  र हिन्दुवादी हो र रहन्छ किनकी कमल थापाको पहिचान नै यही हो । 
तर पशुपति राणा कठिन समयमा राजा र धर्मलाई त्यागेर गणतन्त्रवादी बनेका हुन । धर्म राजाको नाम समेत लिन नचाहने पशुपति राणाले अहिले पार्टी फुटाउँदा राजाबादीहरु खुशी हुनु पर्ने कुनै कारण नै छैन । किनकी पशुपति राणाको पहिचान गणतन्त्रवादी थियो र रहन्छ भन्ने कुरा त पार्टी फुटाएर गएको पशुपतिको विधानमा राजतन्त्रकोबारे कुनै उल्लेख गरिएको छैन । बरु संधीय गणतन्त्र भनेर भनिएको छ । उनले अहिले पनि राजतन्त्रको विषयमा वृहत छलफल गरेर निर्णय गर्ने भनेर आफ्नो राजाविरोधी मुकुन्डो देखाएका छन् ।
त्यसैले पशुपति राणाको अहिले पार्टी विभाजन राजावादी शक्तिलाई कमजोर पार्ने खेल मात्र हो । किनकी पार्टी विभाजनसंगै उनले कमल थापाका सभासदहरुलाई समेत आफ्ना पक्षमा लिएर गएका छन् । अर्थात राजावादीलाई गणतन्त्रवादी कित्तामा । यसको छिनोफानो समयले गर्ला, देखाउला ।
पशुपतिको अहिले कार्य हेर्दा यो पुर्वर्िनयोजित कार्य हो भनेर भन्न सकिन्छ । किनकी राजतन्त्र, धर्म सापेक्षातालाई स्वीकार नै गर्न नसकिने राणा तथा पाटी अध्यक्ष पद विना रहनै नसक्ने रहेछ भन्ने राजा तथा हिन्दुधर्मको पहिचान बोकेको कमल थापाको नेतृत्व लाई स्वीकार गर्नर्ुले स्पष्ट गर्दछ । राणाले कमल थापाको नेतृत्व स्वीकार राजा र धर्मकोलागी गरिएको थिएन बरु २५ सभासद सहित नेपालको राजनीतिमा निर्णायक तहमा रहेको शक्तिलाई कमजोर बनाउने योजना अन्र्तगत भएको हो भन्ने कुरा त अहिले प्रष्ट भयो ।
कमल थापाका कमजोरी होलान्, तर कमजोरी भयो भन्दै गणतन्त्रववादीलाई समर्थन गर्न‘ उचित कार्य होइन । गल्ति गरेको छ भने पार्टी भित्रबाटै दवाव सृजना गरि सच्याउन बाध्य तुल्याउनु पर्दछ । पार्टी विभाजनले होइन । पार्टी विभाजनले राजावादीहरुलाई कमजोर बनाउने सिवाय अरु केही गर्दैन । त्यसैले  गणतन्त्रवादी तथा राजा र धर्म विरोधीहरुको षडयन्त्रमा नपरौं र आफुले आफुलाई नै कमजोर नबनाऔं । अहिलेको समय भनेको हिन्दु र राजावादी शक्तिहरु एकजुट र एकढिक्का भएर गणतन्त्रवादीहरुको विरुद्ध लड्ने समयमा एक आपसमा नै आरोप प्रत्यारोप तथा विभाजन होइन । कमल थापालाई राजा र हिन्दु सिद्धान्तलाई छाडे भनेर आरोप लगाएर पशुपति राणा जस्तै  गणतन्त्रवादी बन्नु कतिको सही कार्य हो ? के पुशपति राणाले कमल थापाले जस्तै स्पष्ट र निडर रुपमा राजा र धर्मको अडान लिएर काम गर्छन ? सोच्नुस् । आफ्नो अन्तरमनबाट आफुले आफुलाई नै मुल्यांकन गर्नुस् ।