Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गाडीकर्जा किन खुकुलो ?

०९ सोमबार , श्रावण २०७४९ बर्ष अगाडि

काठमाडौं । बैंकर र गाडी, मोटरसाइकल व्यापारीहरुले कर्जानीति खुकुलो पारिदिएकोमा गभर्नर चिरञ्जीवी नेपाललाई धन्यवाद दिएका छन् । ३०–४० हजार भए मोटरसाइकल र २–४ लाख भए गाडी चढ्न पाइने बैंकहरुको कर्जानीतिका कारण दिनहुँ हजारौंको संख्यामा गाडी, मोटरसाइकल बढ्न थालेका छन् । जब कि सडकमा हरेक दिन जाम, दुर्घटना भइरहेका छन् र ट्राफिकलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ ।
जोर विजोर व्यवस्था गर्ने कि भनेर ट्राफिकको कुरालाई हलुका लिएको सरकारभन्दा पनि अघि सरेर वैंकमा तरलता बढेको नाममा उत्पादनशीलभन्दा पनि अनुत्पादक हायरपर्चेजमा नरम नीति लिनु राष्ट्र बैंकको मौद्रिकनीतिको सबैभन्दा ठूलो असफलता भनेर आलोचना हुनथालेको छ । गभर्नरमाथि भ्रष्टाचार गरेको आरोप लाग्यो ।
बैंकमा किन तरलता कम भयो, किन बैंकहरुमा अव्यवस्था भयो, राष्ट्र बैंकको नियमन र निरीक्षण प्रणाली कसरी मजबुत बनाउने, बैंकहरुलाई कुन तरिकाले गाउँतहसम्मको पहुँचमा पुर्‍याउने, बैंकहरुले
 किन कर्जा मुनाफा क्षेत्रमा मात्र लगानी गरिरहेका छन् ? उत्पादन र रोजगारमुलक क्षेत्रमा बैंकको लगानी किन जान सकेन ? पोहोरको मौद्रिकनीतिका कमजोरी के थिए, अहिलेका मौद्रिकनीतिमा गर्नुपर्ने सुधार के के हुन् ? कुनै विचार नै नगरी बैंकरको लाभका दृष्टि र व्यवसायीका प्रभावमा परेर हचुवामा मौद्रिकनीति ल्याउँदा नयाँ माद्रिकनीतिले विद्यमान समस्या हल हुने होइन, समस्या झन बढाउने विज्ञहरुले बताउन थालेका छन् ।
हायरपर्चेज कर्जामा डाउन पेमेन्ट ५० प्रतिशत थियो, अहिले घटाएर ३५ प्रतिशत गरिएको छ । यसको कारण चलखेल, लेनदेनको प्रभावले हो भन्ने आशंका धेरैको छ । मौद्रिकनीतिमा कम्पनी, व्यक्ति, व्यापारीको प्रभाव पर्नु भनेको गभर्नरको सबैभन्दा ठूलो भ्रष्टाचार हो । यसैगरी गभर्नरको लघुबित्तहरुको अनुमति दिने र रोक लगाउने विषयमा समेत कमजोरी देखिएको छ ।