गाउँपालिका, नगर, यसपछि प्रदेश र संसदमा पनि मधेसीका नाममा भारतीयलाई अवसर दिने र कुनै रोक नलगाउने हो भने यो नेपाली गणतन्त्र कि भारतीय गणतन्त्र भन्ने प्रश्न उठेन र ? ठूला राजनीतिक दलहरुले यतिसम्मको लापरवाही गरिरहनु भनेको नेपाललाई भारतीयकरण गर्ने साजिसको खेताला बन्नु नै हो ।
रजतप्रताप साहले पर्याप्त मत पाइरहेका छन् र जितको निकट पुगिसकेका छन् । उनले जिते भने नेपालको कृष्णनगर भारतीयको हैकममा पुग्नेछ र उनलाई टक्कर दिइरहेको राप्रपा धेरै पछाडि रहेको छ । कांग्रेस, एमाले, माले, फोरमका उमेदवारलगायत उनीभन्दा धेरै पछाडि रहेका छन् ।
मधेस अलग देश भनेर बिखण्डनवादीहरु उफ्रिरहेको असोज २ गते हुने २ नम्बर प्रदेशको हालत के होला ? कस्ता कस्ता उमेदवार उठाउलान् राजपाले ? संविधानले यस्ता विदेशी भनेर किटान भएकालाई त चुनावमा उठ्नबाट बन्देज लगाउनु नि ?


