Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

भोट नदिए हतियार उठाउँछौं

१९ सोमबार , असार २०७४८ बर्ष अगाडि

काठमाडौं । माओवादी नेता गोपाल किराँती निर्वाचन परिणामाट यसिरी आत्तिए कि उनले सुझबुझ नै गुमाए । जनताले मत दिएर नजिताए हतियार उठाउँछौं । जनतालाई तर्साउने र त्रसित पारेर आफ्नो पक्षमा पार्ने कलाकारहरु लोकतन्त्रलाई पनि माओवादीमय बनाउने कला देखाउने प्रयासमा जुटेका छन् । आफ्नो पार्टीका नेता यसरी बर्बराउँदा अध्यक्ष प्रचण्डले उनलाई किन रोकेनन् ? के अध्यक्ष प्रचण्ड पनि यही चाहन्छन् ?
पहिलो चरणको निर्वाचनमा साह्रै नराम्रोसँग हार खाएको माओवादीले दोश्रो चरणको निर्वाचनमा पनि नराम्रो परिणाम भोगिरहेको छ । यहीकारण गोपाल किराँतीले आक्रोसमा हतियार उठाउने चेतावनी दिएका हुन् । बिसाइसकेको र खिया लागिसकेको हतियार उठाएर धारिलो जनबल पनि छ भनेर देखाउन यसरी पाइन हाल्नु उचित हो र ?
उनले रेडियोमार्फत नै गत आइतवार हतियार उठाउने भनेर माओवादी हाउगुजी देखाएका हुन् । उनका अनुसार एमालेलाई जिताएर र माओवादीलाई हराएर जनताले गल्ती गरेका छन् ।