Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

बेरङ्गी नोटका रंगीन गभर्नर

१९ सोमबार , असार २०७४८ बर्ष अगाडि

गभर्नर चिरञ्जीवी नेपाल : रंगीन गभर्नर भनेर वैंकिङ क्षेत्रमा ख्याती कमाउन पुगेका छन् । अरु गभर्नरलाई सफल हुन्छु कि हुन्न भन्ने चिन्ता हुन्छ, यी चिरञ्जीवीलाई भत्ता र उपहार कति आउँछ भन्ने चिन्ता हुनेगरेको छ ।
चिरञ्जीवी गभर्नर भएपछि लाखको बैठकभत्ता करोड नाघ्यो । अतिथि सत्कारदेखि भ्रमणभत्ता समेत करोड नाघ्यो । त्यसपछि भूकम्पग्रस्त क्षेत्रमा वैंकिङ् प्रणाली सुधारका नाममा समेत यी रंगीन गभर्नर धेरैजसो समय राजधानी र राजधानीबाहिरका तारे होटलहरुमा रमाएर समय बिताउने गरेका छन् ।
गभर्नर कार्यालयका स्रोतका अनुसार समेत गभर्नर चिरञ्जीवी नेपालको समय कार्यालयमा भन्दा भ्रमणमा बढी बितेको छ । यही सूचनाले पनि रंगीन गभर्नर बालुवाटारको कार्यालयमा भन्दा बढी जिल्ला भ्रमण र ठूला होटलहरुमा पाइने ऐस आराममा बिताउन चाहन्छन् ।
तारे होटल र रिसोर्टमा दिनहुँजसो कुनै न कुनै आर्थिक कार्यक्रम भइरहेका हुन्छन् । जेठ असारको महिना त वैंकहरुको क्लोजिङको महिना पनि हो । यसबाहेक वैंक मर्जरका कार्यक्रम, वैंकका साधारण सभाहरु, स्वयं आफैले सिर्जना गरेका भ्रमणहरुले गर्दा गभर्नर व्यस्त हुनेगरेका छन् । कतिवेल सोच्ने यिनले अर्थनीति, मौद्रिक नीति । यिनले गतहप्ता बल्ल मौद्रिक नीतिबारे केही घण्टा छलफल चलाए । त्यो पनि तारे होटलमा । यतिमात्र होइन, बैंकका गभर्नर, डेपुटी गभर्नर र झन्डै एक सयको सफ््यामा उच्च तहका कर्मचारीहरू एक सातासम्म होटेलमा ‘व्यस्त’ हुँदा बैंकको नीतिगत तहका काम–कारबाही ठप्प भए । राष्ट्र बैंकका काम थाँती राखेर गभर्नर स्वीट्जरल्यान्डको टुरमा समेत हिँडे । एउटा वैंकको अष्ट्रेलिया शाखा खोल्नसमेत गभर्नरलाई निम्तो गयो । साथमा को 
गयो ? यसबारेमा अझै वैंकरहरु जिब्रो टोक्छन् । गभर्नर त्यस्तो भएपछि डेपुटी के कम ? डेपुटी गभर्नर शिवराज श्रेष्ठ  र चिन्तामणि सिवाकोटी चीन र थाइलेण्ड घुमेर फर्केका छन् । मजा मर्जर युनिटका निर्देशक, सहायक निर्देशकले समेत नियम विपरित निर्णय गरेर बिबिध बैंकबाट लाभ लिएका छन् । अर्थात वैंकहरुलाई अहिले सजिलो भएको छ । नियमनकारी स्वार्थमा भुलेपछि अनियमितता गर्न जो छुट मजैले मिलेको छ वैंकहरुलाई ।
यसरी अहिलेसम्म त रंगीन गभर्नरले वैंकहरुको बैंक राष्ट्र चलाइरहेका छन् । रेमिटान्स अर्थतन्त्रले नोज डाइभ गर्‍यो भने के हालत होला ?