काठमाडौं । भोलिको चुनाव भा“ड्न नसकिने देखेपछि भोलिको चुनावसम्म चुप लाग्ने र त्यसपछि फेरि संविधान संशोधनको मुद्दा उठाउने निधो गरेका यी पाण्डवहरुभित्रैबाट दुर्योधन प्रकट भएको छ र १ र ५ नम्बर क्षेत्रमा बम बिस्फोट गराउन थालेको छ ।
चुनाव बहिस्कारको नीति लिए पनि राजपाले स्वतन्त्र रुपमा उमेदवार खडा गराएका छन् र भोट पनि मागेका छन् । यसको नतिजामा समेत यिनको आगामी आन्दोलन र संविधान सशोधनको माग अन्तरनिहित हुनपुगेको अनुमान छ ।
यद्यपि एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कुनै हालतमा संविधान संशोधन हुन नसक्ने बताएका छन् । तेश्रो चरणको निर्वाचन सम्पन्न गर्ने र प्रदेश तथा केन्द्रको निर्वाचनमा ध्यान दिनुपर्नेछ । माघ ७ गते संविधान अनुसार सबै निर्वाचन सम्पन्न गरेपछि आवश्यकताका आधारमा संविधान संशोधनका बारेमा सोच्न सकिने भनेर एमालेले अड्को थापिदिएपछि राजपा र भोलिको चुनाव सकेर संशोधन गराउन लागिपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धता
अहिले नै पन्चर भइसकेको छ । राजपा नेताका अनुसार सत्तापक्षले भोलिको चुनावपछि जवाफ दिने भनेको छ, जवाफ नदिए समर्थन फिर्ता गरेर आन्दोलनमा जानेछौं । त्यसपछि जवाफ दिन्छौं ।
राजपाका प्रवक्ता सत्यनारायण मण्डलका अनुसार पार्टीका अध्यक्षमण्डलका नेताहरूले पूर्व मेचीदेखि पश्चिमको महाकालीसम्मको दौडाहा गरी जनतालाई सशक्त आन्दोलन गर्ने विश्वास दिलाइरहेका छन् । उनले सिके राउतस“ग सहकार्य गरेर आन्दोलन गर्ने हो भन्दा गलत प्रचार भने । तर अहिले श्रृंखलावद्ध बम बिस्फोट गरेर जनतालाई भयभित पार्ने काम किन भइरहेको छ ? भन्ने सम्बन्धमा त्यसमा आफ्नो पार्टीको हात नरहेको बताए । मधेसका नेताहरु आतंककारी को हो भन्ने विषयमा अनभिज्ञ छैनन्, उनीहरु थाहा पाएर पनि बुझ पचाइरहेको सबैले बुझेका छन् ।
उनका अनुसार मधेसमा दुई प्रदेश बनाउने सिफारिस, अन्तरिम संविधानमा गरेका भाषा अनि नागरिकतासम्बन्धी व्यवस्थाहरूलाई माग बनाएका छौं । तिनै मागहरूलाई पूरा गराउन आन्दोलन सशक्त पार्छौं । संसदबाट राजीनामा दिन सकिन्छ ।


