काठमाडौं, विहारका मुख्यमन्त्री नितिश कुमारले बन्देज लगाएपछि नेपाल–भारत सीमामा धमाधम रक्सी फेक्ट्री खुल्न थालेका छन् ।
सीमावर्ती बजारमा उताका र यताका व्यापारीहरुले व्यापक रुपमा झुग्गी झोपडी र स्तरीय भट्टीहरु खोलिरहेका छन् । यी भट्टीहरुमा सुरा र सुन्दरी दुबै पाइने भएकाले भारततिरका ग्राहक र यताका ग्राहकहरुको व्यापक भीडभाड लाग्ने गरेको छ । सीमाक्ष्ँेत्रमा अपराधिक घटनाक्रम बढ्नुमा यिनै भट्टीहरुको प्रभाव पर्ने गरेको प्रहरीस्रोतको दावी रहेको छ । ती स्रोतका अनुसार यस्ता भट्टीहरुमा स्थानीय नेताहरुको संरक्षण रहेकाले कारवाही गर्न समेत मुस्किल पर्ने गरेको छ । सानो तिनो कुरामा समेत स्थानीय राजनीतिक दबाब आइहाल्छ, यसकारण सुरक्षा चुनौती झन झन बढेर जा“दो छ ।
उद्योग खोलिनु राम्रो कुरा हो तर रोजगारी र उत्पादनमूलक उद्योग नभएर रक्सी उद्योग सञ्चालन हुनु र त्यसको खपत समेत सीमावर्ती क्षेत्रमै बढी हुनुले अपराधका घटना पनि सीमावर्ती क्षेत्रमै बढी हुनेगरेको छ । एक त खुला सिमाना, त्यसमाथि सुरा र सुन्दरीको नशा, उपभोक्ताहरुको लर्को, बिहारका मुख्य मन्त्रीले आफ्नो क्षेत्रमा नशबन्दी गरेर नेपालमा समस्या बढाइदिएका छन् । नेपालको प्रशासनले कडाई गर्न नसक्दा यो समस्या नियन्त्रण बाहिर गइसकेको सुरक्षाकर्मीहरु नै बताउ“छन् ।
नितिश कुमारले अपराधको राजधानी भनेर चिनिने विहारलाई अपराधमुक्त बनाइदिएका छन् । विहारमा लगानी गर्न चाहने विदेशीलाई समेत ५ वर्ष कर छुट दिने नीति ल्याएका छन् । ठूला सडक, सेवामुखी प्रशासन, गुण्डाहरुलाई इन्काउन्टर गरेर सफाया गरेपछि भाग्न सफल गुण्डाहरु नेपालतिरका भूभागमा आएर क्रियाकलाप गरिरहेका छन् । नेपालो शासन र प्रशासन पैसा भनेपछि मरिहत्ते गर्ने र पैसाले नेपालमा जे पनि गर्न सकिने भएकाले अपराधको गु“ड मधेस बन्न पुगेको छ । यस्तो स्थिति सुधार गर्न कुनै माग नगर्ने र २ मधेस, नागरिकतामा लचकता, हिन्दी भाषाजस्ता माग राखेर मधेसी वादी दलहरु आन्दोलित अवस्थमा रहेका छन् । मधेसमा सुशासन यिनको एजेन्डा कहिल्यै बनेन । अहिले पनि मधेसीवादी दलहरुले मधेसको सुधारका लागि केही गरिरहेका छैनन् । उनीहरुको ध्यान आफ्नै राजनीतिक स्वार्थमा केन्द्रित रहेको देखिन्छ ।


