राजनीतिक विश्लेषक लालकृष्ण धमलाले अन्नपूर्ण र आलोचनामा राजसंस्था राख्ने सहमति किन पालना भएन भनेर प्रश्न गरेका छन् । उनले अभिव्यक्त गरेका विचार यस्ता छन्– गणतन्त्र नेपालको लागि सुहाउ“दैनथ्यो अरु कसैको दबाबमा उनीहरु स्वीकार्न वाध्य भए । नेपाली नेताहरुलाई घुमाएर कसैले स्वार्थ लिन खोजिरहेका छन् यो हाम्रो दुर्भाग्य हो । नेपालमा के चाहिन्छ के चाहिंदैन जनताले निर्णय गर्ने कुरा हो, बेलैमा बुद्धि नपु¥याउ“दा यति धेरै समस्या आएको हो । मलाई त यो संविधान भन्ने नै लागेको छैन, संविधानमा त सबैको भावना समेटिनु पर्दथ्यो, २–४ जनाको लक्ष्य पूरा गर्न बनाइएको दस्तावेज संविधान होइन । समानता भनेको त बराबर हो तर त्यही पनि विभेद भएको छ, जनताको मतलाई बेवास्ता गरिएको छ, यस्तो पाराले नेपाल सफल र सम्बृद्ध बन्न सक्दैन । पहिलेकै शासन ठीक थियो, जनताको पक्षमा बोल्न एउटा संस्था थियो तर आज त लुटतन्त्र मच्चिएको छ शासन र नियम बेचिसकेका छन् ।
हिजोको दिनमा जनताले पनि गणतन्त्र आएपछि केही होला भन्ने सोचेका थिए तर आज भने दिक्क भइसकेका छन्, देशको चिन्ता लिने नेता पाइएनन् । राजसंस्था हटाउने सहमति नभएको र दलका नेताहरुले मनपरी गरेको उनको भनाई छ ।
राजसंस्थाले दिएको अवसर प्रयोग गर्न नेताहरु पछि लागिरहे तर आफ्नो कर्तव्य भुलेर गलत बाटोमा हिंडे, दल र तत्कालीन राजाबीच भएको सहमतिले राजसंस्था हटाउने भनेको थिएन तर पछि जबरजस्ती अर्को बाटोमा गएर राजनीतिक दुर्घटना भयो । यो दुर्घटनाले धेरै तरङ्ग उत्पन्न गरिसकेको छ ।
गाडी भीरबाट खस्न आ“टेको छ, चालक जिम्मेवार नुहने हो भने गाडीमात्र दुर्घटना हुँदैन अरु धेरै थोक बिग्रिन्छ । गाडीलाई धकेलेर केही पाइएला कि भनेर कमाउने सोच भएकाले जिम्मेवारी लिन नसक्दा जनताले विकल्प खोजेका छन् । यो कुरो बेलैमा बुझे बुद्धिमानी हुनेछ, अन्यथा पछि पछुताउनु पर्ने हुनसक्छ ।


