युनिसेफका कर्मचारीले चरिकोटमा डेरा जमाएर ड्रोन उडाइरहे । ड्रोनको लेन्स चीनतिर थियो । युनिसेफ कर्मचारीको यो हरकत सरकारमा रिपोर्ट भएपछि उनलाई पक्राउ गरियो । अनुमति नलिई ड्रोन क्यामेरा उडाउन पाइन्न, तर युनिसेफका कर्मचारीले त्यो कर्म गरे, पक्राउ परेका छन् ।
युनिसेफका कर्मचारीले कुन उद्देश्यका लागि ड्रोन क्यामेरा उडाए ? मुख्य प्रश्न यो हो । युनिसेफको कुनै पनि उद्देश्यस“ग ड्रोन क्यामेराले मेल खा“दैन । युनिसेफ लामो समयदेखि नेपालमा काम गरिरहेको छ । नेपाललाई सघाइरहेको पनि हो । तर यसपटकको हरकतले युनिसेफ पनि चीनविरोधी क्रियाकलापमा सरिक भएको, नेपाली भूमि र आफ्नो संस्थाको उद्देश्य विपरित कार्यमा लागेको देखियो ।
कतै चीनविरोधी पश्चिमा शक्तिहरुले अव युनिसेफजस्ता राष्ट्रसंघीय मिसनहरुलाई दुरुपयोग गर्न थालेको त होइन ? प्रश्न अनेक उठ्छन्, उठेका छन् र त्यसको उचित जवाफ नेपालले खोज्नुपर्छ, खोज्न सक्नुपर्छ । किनकि नेपाली भूमि कुनै पनि विदेशीविरुद्ध प्रयोग गर्न नदिने नेपालको नीति रहेको छ ।
यो ड्रोन उडाउने मलेसियन नागरिक टाई रिङ थे रहेछन् । यिनी कम्प्युटर विशेषज्ञ पनि हुन् र युनिसेफका लागि लामो समयदेखि काम गरिरहेका छन् । दोलखाको चरिकोटस्थित पानोरामा रिसोर्ट बेला बेलामा गइरहने यी व्यक्ति ५२ वर्षका छन् र यिनको साथमा अपरेटिङ ल्यापटपसमेत बरामद भएको छ । स्रोतका अनुसार ल्यापटपमा संवेदनशील फोटोहरु छन्, जुन फोटो नेपालको विदेशनीति विपरितका रहेकाछन् । यद्यपि उनीमाथि कुनै कारवाही हुनसकेन । कुनै पनि विदेशी पक्राउ परे भने कूटनीतिक दबाब पर्छ र त्यो नेपालले खप्नै सक्दैन ।
हुन त यस्ता ड्रोन क्यामेराहरु उत्तरी सीमाक्ष्ँेत्रमा पटक पटक उडाउने र फोटो खिच्ने गरिएको छ । नेपालले वास्तै नगर्ने, पछ्याउनै नसक्ने र जनदबाब परेपछिमात्र पक्राउ गर्ने गरेको छ । भन्नलाई यी व्यक्तिले दोलखा, सोलखुम्वु र ओखलढुंगामा खानेपानी योजनामा निर्माणका लागि सम्भावित मूलको पहिचान गर्न ड्रोन क्यामेरा उडाएको बताएका छन् । ड्रोन क्यामेराले मूल पत्ता लगाउने होइन, स्थानीय जनताले नै मूलका बारेमा जानकारी दिने गर्छन् । ढा“टेको कुरा काटे मिल्दैन, तर विदेशीहरुले नेपालीको आ“खामा यसैगरी छारो हाल्ने गरेका छन् ।


