Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

युरोप बनाइदिन्छु भन्ने उपमेयर

१२ सोमबार , असार २०७४८ बर्ष अगाडि

वाशुदेव वाग्ले- 

काठमाडौं महानगरकी उपमेयर बनेकी कांग्रेसकी नेत्री हरिप्रभा खड्गीले नेपाललाई सानो युरोप बनाइदिन्छु भनेकी छिन् । धुलो र धुवा“ले दम, खोकी, मुटु, फोक्सोको बिरामी बढेका छन् अस्पतालमा । कसरी जनताको सुस्वास्थ्यको अधिकार संरक्षण गर्ने, राजधानीालाई धुलो र धुवा“रहित बनाउने, सफा राख्ने भन्ने विषयमा सोच्न नसकेकी कांग्रेसी उपमेयरले कांग्रेसी शैलीमा भनिहालिन्– सानो युरोप बनाइदिन्छु ।

दिनभर कम गरेर सा“झ विहानको जोहो गर्ने आमनागरिकलाइ के थाहा युरोप भनेको के हो ? सानो युरोप भनेको कस्तो हुन्छ ? हरिप्रभा सम्पन्न छिन्, उपमेयर बनेकी छिन्, उनी युरोपको आनन्द लिन सक्छिन् । पहिलो बेठकबाटै जनप्रतिनिधिलाई मोवाइल बितरण गर्ने निर्णय गर्ने महानगर कसरी सानो युरोप बन्ला ?

राजधानीबासीले ५८ हजार नौ सय ५२ मत दिएर उपमेयर जिताएका हुन् । त्यो मतले मागेको सानो युरोप हो कि स्वच्छ, सफा महानगरक हो ? आफ्नै श्रीमान बनस्पति विज्ञानका प्राध्यापक प्रकाश खड्गीस“ग सोधेको भए यस्तो बोल्न हुन्न भन्थे शायद । हरिप्रभा आफ्नै बोलीबाट कठै बनेकी छिन् । हरिप्रभाजी, सकिने बोलौं, सीमामा बसौं र कम्तिमा भ्रष्टाचार नगरी सेवाग्राहीलाई सुलभ सेवा दिए धेरै हुन्थ्यो ।