Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

देश ५२ सालकै विद्रोहतिर उन्मुख छ

११ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

एमाओवादी बरिष्ठ नेता डा.बाबुराम भट्टराई फाल्गुन १६ गतेको आन्दोलन सफल पार्न देश दौडाहमा छन् र उनले दाङबाट चेतावनी दिए– देश अव ५२ सालकै विद्रोहतिर उन्मुख भएको छ। फागुन ८ गते बाबुरामले भनेका छन्– शान्ति सम्झौताका आधापक्षलाई किनारा लगाएर कांग्रेस, एमाले एकलौटी ढंगले चल्न खोजेका छन्। सम्झौता भंग भएको छ। मुलुक इतिहासको गम्भीर मोडमा पुगिसकेको छ। शान्ति सम्झौता हुँदा सुशील कोइराला र केपी ओली दुबै थिएनन्। अहिले यी दुवैको हालिमुहाली छ। यी दुबैले संविधानसभालाई संसद बनाइदिएका छन्। सहमति चाहनेले शान्ति प्रक्रियाका दुवैपक्षवीच सहकार्य गर्नुको विकल्प छैन। प्रक्रियाको हतियार हातमा लिएर वार्तामा आउ भन्दैमा कोही पनि वार्ता गर्न जाँदैनन्। हामी त्यस्तो षडयन्त्रमा फस्दैनौं। पूर्वराजा ज्ञानेन्द्र शाहसँग एमाओवादीले कुनै सम्झौता गरेको छैन। विरामी परेका बेलामा स्वास्थ्यलाभको कामना गर्न अस्पताल गएको हुँ, त्यो बाहेक अघिपछि भेट भएको पनि छैन। पूर्वराजाका अभिव्यक्तिप्रति कांग्रेस, एमालेले सर्जिमिन गर्नुपर्छ। बाबुरामको संकेत कांग्रेस, एमालेले कुनै सम्झौता गरेको हुनसक्छ भन्नेतिर लक्षित थियो। प्रम सुशील कोइराला र एमाले अध्यक्ष शान्ति सम्झौताका भँडुवा हुन् भनेर बाबुरामले आक्षेप लगाएका छन्। राजनीतिक तहमा भएको बिबाद व्यक्तिगत लाञ्छनाको स्तरमा पुगेको देख्दा सहमति हुन्छ भन्न सकिन्न।