५ एसएसपीलाई फास्ट ट्रय्राकबाट डीआइजीमा बढुवा । चिरञ्जीवी अधिकारी, नगेन्द्र थापा, राजुराम सुवाल, प्रवीण श्रेष्ठ र कविन्द्र मान श्रेष्ठ फास्ट ट्रय्राकबाट डिआइजी बन्नेछन् ।
यो बढुवा विरुद्ध उजुरी दिन पाइनेछैन, दिए उसको बढुवाको नम्बर काटिनेछ भनेर तर्साइएको छ । यो बढुवाको लगत्तै
एसएसपीको बढुवा हुने रोलक्रम सुरु हुनेछ । सिंहवहादुर श्रेष्ठ आइजीपी बनेर आएपछि सशस्त्रमा बढुवाबाट भ्रष्टाचार र विभेद सुरु भएको छ । पहिलेका कोषराज नगद भ्रष्टाचारमा गए, सिंहबहादुर सकल दर्जालाई तर्साएर कति दिन आइजीपीमा टिक्लान् ? धेरैले प्रश्न गर्न थालेका छन् र बेनामी उजुरी अख्तियारमा पठाइरहेका छन् ।
फास्ट ट्य्राकबाट बढुवाले गर्दा धेरैलाई मर्का पनि पर्नेछ । भ्रष्टाचारी भनेर दाग लागेकाका मान्छेलाई समेत पार्टीका निकट भनेर छानियो । कांग्रेस र माओवादीको भागबण्डाअनुसार उनीहरुकै सिफारिसमा यो बढुवा बिधि अपनाइएकाले यसबारे कुनै निकायमा कुरा नउठ्ने दावीछ आइजीपी सापका निकटस्थहरुको । यी क्षमता भएका वा नभएका डीआइजीहरुको छनौट पार्टीगत आधारमा भएकाले आइजीपी सिंहबहादुरले पनि सशस्त्र प्रहरी बललाई राजनीतिक खेल मैदान नै बनाइदिएका छन् । यसप्रति भने सकल दर्जाले असन्तुष्टि व्यक्त गरिरहेको सुनिन्छ ।


