Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

५० अर्वको सुन कसले ल्याउँछ, कहाँ जान्छ ?

०५ सोमबार , असार २०७४८ बर्ष अगाडि

    काठमाडौं । एयरपोर्टमा पक्राउ परेको ३३ किलो सुनको छेउ कुन हो, टुप्पो कुन् ? सुनकाण्ड सेलायो ।
    त्यसपछि पनि रसुवा भन्सार र एयरपोर्टबाट सेटिङमा भित्र्याइएको सुन पक्राउ परे । तिनको मालिक को हो ? पत्तो लागेन । भरिया पक्राउ परे, भरियालाई के कारवाही ? सुन भित्रिरहेका छन्, सुन तस्करी बढिरहेको छ ।
    तस्करी बाहेक पनि चालु वर्षको ११ महिनामा ५० अर्वको सुनचाँदी नेपाल भित्रिसक्यो । यो बैध सुनको भन्सार प्राप्त भयो । तर यी सबै सुनचाँदीको बजार नेपालमा छैन । प्रष्ट छ, यी सुनचाँदी भारत निकासी हुन्छ । खुला सीमा भएका कारण कसले सुन भारततिर निकासी गर्छ, पत्तो लाग्दैन । सबैकाम सेटिङमा चलिरहेको छ । सुन आयात भइरहेको छ, सुन तस्करी भएर पनि आइरहेको छ र ७५ प्रतिशत सुनचाँदी भारततिरै जाने हो । सुन तस्करी बढ्नु भनेको अपराध बढ्नु पनि हो । कानुनव्यवस्थालाई कुल्चेर यसरी सुनचाँदी तस्करी भइरहदा मानव तस्करी पनि बढेको छ ।
    चुनावी रन्को र विहेको लगन नभएका बेलामा पनि सुन आयात र सुन तस्करी बढिरहेकै देखिन्छ । सुरक्षास्रोतका अनुसार विदेशी बजार र भारतीय बजारमा सुनको मूल्यमा भिन्नता भएको र बढी मुनाफा हुने भएकाले सुनको तस्करी बढेको हो । यसबाहेक हुण्डी व्यापार गर्ने, असामाजिक तत्व र कालो धनलाई सेता पार्न पनि सुनको व्यापार बढेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघ पनि छ र अनुभवी सुन व्यापारी माणिकरत्न शाक्यले सुन तस्करीमा सुन व्यापारी नभएको बताउँछन् । अरुले गरेको नराम्रो कामको जिम्मा सुन व्यापारीले किन लिने ? उनको तर्क छ । तर्क ठिकै छ, तर अनुसन्धानहरुले सुनव्यापारीलाई सुन माफियाहरुसँगको सेटिङ पत्ता लगाएको छ । राजधानीको बजारमा त सुनमा समेत मिसावट भेटिएका छन् ।
    सुनको खपत कम छ तर आयात किन बढ्दैछ । सुन तस्करी झन झन बढेर गएको छ ? यसबारेमा सुन व्यापारीहरु सरकारलाई सोध्नुपर्छ भन्छन् । उनीहरु सुनबजारमा मन्दी आएको स्वीकार्छन्, सुन खपत बढेको छ पनि भन्छन् । दालमे कुछ काला है । तर सुनव्यापारीहरु सुन पहेलो भन्ने बुझ्छन्, सुनमा कालो छ भन्ने सुन्नै चाहदैनन् ।